ब्राजिलका राष्ट्रपति बोल्सोनारो विदेश पलायन

ब्राजिलका राष्ट्रपति बोल्सोनारो विदेश पलायन

ब्रुजिलिया : ब्राजिलका निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोले आफ्नो उत्तराधिकारीको सपथ लिनुभन्दा दुई दिनअघि र आफ्ना अनुयायीहरूलाई रुँदै बिदाइ गरेको केही समयपछि शुक्रबार अमेरिका पलायन भएका छन्। उनले आफ्नो चुनावी हार स्वीकारेका छैनन्। 

उनी स्थानीय समयअनुसार अपराह्न २ :०० बजे वायु सेनाको विमानबाट अमेरिकाको फ्लोरिडाका लागि प्रस्थान गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

सिएनएन ब्राजिलले बोल्सोनारोलाई उद्धृत गर्दै भनेको छ, 'म उडिरहेको छु, म चाँडै फर्कनेछु ।'  उनको विमान स्थानीय समयअनुसार शनिबार राति ९ बजे ओर्लान्डोमा अवतरण भएको छ।

 उनले आइतबारको सपथ ग्रहण समारोहमा भाग लिने छैनन्। यसको अर्थ उनले नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई पदभार हस्तान्तरण गर्ने छैनन्।

बोल्सोनारो प्राविधिक रूपमा थप दुई दिनका लागि राष्ट्रपति भने रहिरहनेछन्। आरएनआर टेलिभिजनका अनुसार उनको कार्यकालमा उपराष्ट्रपति रहेका ह्यामिल्टन मौराओ अहिले कार्यवाहक राष्ट्रपति छन्। उनले शनिबार देशबासीको नाममा सम्बोधन गरेका छन्।

बोल्सोनारोको भ्रमणको समय र उद्देश्यबारे एएफपीले सोधेको प्रश्नको जवाफ राष्ट्रपतिले दिन चाहेनन्।

यसअघि शुक्रबार बोल्सोनारोले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण भएको एक सम्बोधनमा आफ्ना समर्थकलाई जनवरी १ मा लुलाले राष्ट्रपतिको कार्यभार सम्हाल्दा संसारको अन्त्य हुने छैन भनेका थिए। उनले भनेका छन्, 'हाम्रो भविष्य राम्रो छ । अहिलेलाई युद्ध हारेको जस्तो भएको छ, तर हामी युद्ध हार्ने छैनौं ।' रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.