यसरी हुँदैछ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

यसरी हुँदैछ  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्‍डले अंग्रेजी नयाँ वर्षमा आइतबार उद्घाटन गर्ने कार्यक्रम छ। अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन र उद्घाटनका लागि सबै तयारी पूरा भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख बिक्रम गौतमले बताए। 

उद्घाटन समारोहमा कार्यक्रम नागरिक उड्डयन प्राधिकरणले गर्ने तथा जनसहभागिता र प्रचारप्रसारको जिम्मा पोखरा महानगरपालिकाले लिएको महानगर प्रमुख धनराज आचार्यले बताए।

 करिब पाँच दशकदेखिको पोखरेलीको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्ने  सपना पुरा भएको दिनलाई विशेष बनाउन महानगरले सार्वजनिक बिदा दिने भएको छ ।

कार्यक्रममा विमानस्थल निर्माणका लागि सुरुवाती चरणमा जमिन अधिग्रहण गर्न महत्वपूर्ण भूमिका खेलेका विमानस्थल निर्माणका परिकल्पनाकार तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शंकरराज पाठकलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिने मेयर आचार्यले जानकारी दिए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.