दोलखामा २४० क्रेट अण्डा वितरण

दोलखामा २४० क्रेट अण्डा वितरण

दोलखा : दोलखामा २४० क्रेट अण्डा वितरण गरिएको छ। पोल्ट्री दिवशका अवसरमा भेटेनरी कार्यालय दोलखाले अण्डा वितरण गरेको हो। 

सूचना अधिकारी डा. ध्रुव डीसीले गर्भवती, कुपोषण र पुड्कोपना भएका बालबालिका तथा श्रमिकलाई अण्डा वितरण गरेको बताए। ८६ हजार बराबरको अण्डा वितरण गरिएको उनको भनाइ छ। 

पोषण र सन्तुलित आहारका रूपमा रहेको मासु र अण्डाको महत्व बुझाउनका लागि अण्डा वितरण गरिएको डाक्टर डिसीले बताए ।

साताव्यापी रूपमा सञ्चालन गरिएको कार्यक्रममा पोल्ट्रीजन्य उत्पादनको उपभोग र महत्वका बारेमा जानकारी, जनचेतना फैलाउने, कृषकलाई पोल्टी व्यवसायका बारेमा जानकारी दिने, श्रमिक बजारमा श्रमिकहरूलाई अण्डाको परिकार वितरण गर्ने लगायतका कार्य गरिएको हो। 

पोल्टि क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता, खाद्य र पोषण हाम्रो प्रतिबद्धता भन्ने नारासहित दिवस मनाइएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.