सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल, नागरिक उन्मुक्ति निर्णायक

सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल, नागरिक उन्मुक्ति निर्णायक

सुदूरपश्चिम : माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल देखिएको छ ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले टीकापुर घटनाका बन्दी रिहाइ नभएसम्म आफूहरुले कसैलाई सरकार बनाउन सहयोग नगर्ने र सरकारमा समेत सहभागी नहुने बताएका हुन् । 
 

प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९ सदस्य रहेका छन् । नेकपा (माओवादी केन्द्र) को ११, नेकपा (एमाले) को दश, नेकपा (एकीकृत समाजवादी)को चार, राप्रपा र स्वतन्त्र एक/एक जना रहेका छन् ।
सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्दछ । सजिलैसँग सबै दललाई बहुमत जुटाउन कठिन छ । नागरिक उन्मुक्तिले केन्द्र सरकार गठनमा भने समर्थन गरेको छ । 

कांग्रेस र नागरिक उन्मुक्तिबाहेक प्रदेशसभामा माओवादी, एमाले, राप्रपा मिल्दा २२ सदस्य मात्र पुग्छन् । चार सदस्य रहेको (एकीकृत समाजवादी)ले सरकारमा जाने वा नजाने निर्णय अझै गरिसकेको छैन । समाजवादीले पनि सरकारमा जाने निर्णय गरेमा २६ सदस्य पुग्छन् । सरकार गठनमा अन्योल देखिँदा नागरिक उन्मुक्ति पार्टीका साथै डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका डा. तारा जोशीलाई आ-आफ्नो पक्षमा पार्ने रणनीतिमा दलहरु देखिन्छन् ।  

नेकपा (एमाले)का प्रदेशसभा सदस्य धर्मराज पाठक केन्द्रमा दलका शीर्ष नेतृत्वबीच कुन प्रदेशमा कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल चलिरहेकोले त्यसको टुङ्गो लागेपछि प्रदेश सरकार गठनमा देखिएको अन्योल हट्ने बताउँछन् । 'प्रदेशसभाको अहिले देखिएको अङ्क गणितले सरकार गठनमा केही अन्योल त छ नै', उनले भने, 'केन्द्र सरकार गठनमा नागरिक उन्मुक्तिले बाहिरबाट समर्थन गरेकै छ, प्रदेश तहमा पनि गर्नसक्ने सम्भावना छ ।' 

प्रदेशसभाका सदस्य एवं कांग्रेसका नेता प्रकाश बमले सरकार गठनको विषयमा कांग्रेसले नागरिक उन्मुक्ति र  स्वतन्त्र सदस्यसँग छलफल भइरहेको बताउँछन्।  उनले भने, 'आजसम्म प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्नुभएको छैन, कसको नेतृत्वमा र कुन कुन दलको सरकार गठन हुन्छ भन्ने कुरा नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदको हात छ ।'

प्रदेशसभामा छ दलको प्रतिनिधित्व 

प्रदेशसभा संसदीय दलको नेतामा एमालेका राजेन्द्रसिंह रावल, माओवादीका खगराज भट्ट, नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी, र नागरिक उन्मुक्ति पार्टीका रामश्वर चौधरी चयन भएका छन्। कांग्रेसको संसदीय दलको नेता अझै चयन हुन सकेको छैन । 

कांग्रेसका प्रदेशसभा सदस्य बमले भने, 'संसदीय दलको नेता चयन गर्नमा पार्टीको प्रदेश समिति चासो लिनुपर्ने हो, आजसम्म लिएको देखिँदैन ।'
 कांग्रेस संसदीय दलको नेताको आकांक्षी प्रकाशबमबहादुरसिंह थापा, देवानसिंह विष्ट, प्रकाशबहादुर देउवा, कमलबहादुर साह, र मेघराज खड्का रहेका छन् । प्रदेशसभाका सबै ३२ निर्वाचन क्षेत्रमा पुरुष उम्मेदवार विजयी भएका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फका २१ सिटमध्ये तीन पुरुष र १८ महिला निर्वाचित छन् ।  
 
प्रदेशसभाका सदस्यको पद तथा गोपनीयतको शपथग्रहण भइसकेको छ । प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १८३ बमोजिम प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेका हुन्।

यसैबीच आइतबार बसेको सर्वदलीय बैठकले आउँदो माघ २ गतेभित्रमा प्रदेशसभाका सभामुखको निर्वाचन गरिसक्ने सहमति गरेको छ । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले सभामुखको निर्वाचन माघ २ गतेभित्र गरिसक्ने गरी प्रक्रिया अघि बढाउने सहमति भएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.