खुलामञ्चलाई अन्डरग्राउन्ड पार्किङ बनाउने महानगर निर्णयको विरोध
काठमाडौं : खुलामञ्चलाई अन्डरग्राउन्ड पार्किङ बनाउने काठमाडौं महानगरको निर्णयविरुद्ध सम्पदाकर्मीहरु आन्दोलित भएका छन्। ऐतिहासिक स्थल तथा विपद्का बेला नागरिकहरुको आश्रयस्थल खुलामञ्च बचाउनुपर्ने माग गर्दै उनीहरु महानगर पुगेका हुन्।
सयौंको संख्यामा पुगेका सम्पदाकर्मीहरुले महानगर प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोललाई ज्ञापनपत्र बुझाउन खोजेका छन्। तर, उनीहरुलाई महानगरको कार्यालय प्रवेश गर्न दिइएको छैन।
अकुपाई टुँडिखेल अभियान खबरदारी गर्न महानगरको कार्यालय पुगेर महानगर पुगेको हो। यो अभियानले यसअघि पनि खुलामञ्च मास्न हुँदैन भनेर महानगरको ध्यानाकर्षण गराएको थियो।
तर,पटकपटक खबरदारी गर्दा पनि महानगरले अटेरी गरेको भन्दै अकुपाई टुँडिखेल दबाब दिन आज महानगर पुगेको हो।
कार्त्तिक २९ गते बसेको महानगरको कार्यपालिका बैठकले खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने निर्णय गरेको थियो। अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्नका लागि खुलामञ्चमा पार्किङ निर्माण गर्न डीपीआर बनाउने निर्णय गरेको हो।
अकुपाई टुँडिखेल अभियान खबरदारी गर्न महानगरको कार्यालय पुगेको हो। यो अभियानले यसअघि पनि खुलामञ्च मास्न हुँदैन भनेर महानगरको ध्यानाकर्षण गराएको थियो।
तर,पटकपटक खबरदारी गर्दा पनि महानगरले अटेरी गरेको भन्दै अकुपाई टुँडिखेल दबाब दिन आज महानगर पुगेको हो।