लोककल्याणका लागि नेपथ्य कन्सर्ट

लोककल्याणका लागि नेपथ्य कन्सर्ट

काठमाडौं : सांगीतिक समूह नेपथ्यले मानव सेवा आश्रमको बेसहाराहरूको गाँस, बास, कपास र अक्षयकोषका लागि सांगीतिक कार्यक्रम गरेको छ। नयाँ वर्षको पूर्वसन्ध्यामा आश्रमले काठमाडौंको भृकुटीमण्डपमा सांगीतिक कार्यक्रम गरेको हो।

सोही सिलसिलामा झन्डै एक महिना लगाएर नेपथ्यले पूर्वदेखि पश्चिमका सहरहरू विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, बुटवल, पोखरा, नेपालगन्ज, धनगढी, सुर्खेतमा सांगीतिक कार्यक्रम आयोजना गरेको थियो। काठमाडौंमा भएको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायत विशिष्ट व्यक्तिको सहभागिता थियो।

आश्रमले ‘मानवताका लागि संगीत’ अभियान सञ्चालन गरेको अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। ‘नेपथ्य समूहको संगीतबाट मनोरञ्जन मात्र नभई लोककल्याण पनि गर्न सकिन्छ’, उनले भने, ‘सडक मानवलाई आश्रममा राखिएकाले तिनको गाँस, बास र कपासका लागि नेपथ्यमार्फत मनोरञ्जनसँगै कोष बनाउन खोजेका हौं।’ उनका अनुसार कन्सर्टको खर्च कटाएर बचेको रकमले काठमाडौंमा आश्रमको आफ्नै शाखाको भवनसमेत बनाउन लागिएको छ।

सांगीतिक देश दौडाहालाई बिट मार्दै भृकुटीमण्डपमा गरिएको उक्त कार्यक्रममा नेपथ्यले भेडाको उनजस्तो, छेक्यो छेक्यो देउराली डाँडा, जोमसोमै बजारमा, चरी मर्‍यो सिसाको गोलीले, शिरफूल शिरैमा वनफूल वनैमाजस्ता गीत गाएको थियो।

गायक अमृत गुरुङले नेपालमा विकासको सम्भावना भएकाले राजनेताहरूले युवा पलायन हुने अवस्था ननिम्त्याउन आग्रह गरेका थिए। ‘सबैसँग भेटघाट गर्ने अवसर जुराइदिएको छ। आयोजक मानव सेवा आश्रमलाई धन्यबाद छ। सहयोगमा जुट्ने अवसर पायौं’, उनले भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.