चिसोले खुम्बुको जनजीवन कष्टकर, तापक्रम माइनसमा

चिसोले खुम्बुको जनजीवन कष्टकर, तापक्रम माइनसमा

सोलुखुम्बु: चिसोले खुम्बुको जनजीवन कष्टकर बनेको छ। केही दिनयता निरन्तर बढेको चिसोका कारण नाम्चे, खुम्जुङ, थामे, लुक्ला लगायतका क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको छ।

शुक्रबारदेखि नाम्चेसहितका क्षेत्रमा हिमपात सुरु भएसँगै चिसो अत्याधिक बढेको स्थानीयले बताएका छन्। चिसोले काम गर्न कठिन भएको लुक्लाका स्थानीय तोयाकुमार श्रेष्ठले बताए। 

चिसोको मारमा वृद्धवृद्धा र बालबालिका परेका छन्। लुक्लाको न्यूनतम तापक्रम माईनस १.६ डिग्री सेल्सियसभन्दा तल झरेको हावापानी मापन केन्द्र लुक्लाले जनाएको छ। 

लुक्लाभन्दा माथिल्लो क्षेत्रको तापक्रम भने माईनस २ भन्दा कम रहेको बताइएको छ । तापक्रम घटेसँगै पानी जम्न थालेकाले दैनिकी थप कष्टकर बनेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.