२०२३ मा विश्वको एक तिहाइले भोग्नेछन् आर्थिक मन्दी

२०२३ मा विश्वको एक तिहाइले भोग्नेछन् आर्थिक मन्दी

काठमाडौं : अंग्रेजी नयाँ वर्षको सुरुवात भएसँगै यस वर्ष हुनसक्ने विभिन्न कुराहरूको अड्कलबाजी सुरु भएको छ। यसैबीच यस वर्ष विश्वका एक तिहाइले आर्थिक मन्दीको सामना गर्नुपर्ने तथ्य सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टलिना जर्जिएवाले विश्व अर्थतन्त्रको अवस्था नाजुक रहेको भन्दै एक तिहाइले त्यसको मार खेप्नुपर्ने बताइन्। 

शक्तिशाली राष्ट्रहरू अमेरिका, चीन र युरोपियन मुलुकहरूको अर्थिक वृद्धिदर सुस्त गतिमा रहेको भन्दै यस वर्ष त्यसको असर आम जनतामा पर्ने उनको भनाइ छ। यसको प्रमुख कारण उनले रसिया-युक्रेन युद्ध रहेको उल्लेख गरेकी छन्। 'युक्रेनमा जारी युद्ध र त्यसको असरबाट विश्वमै वृद्धि भइरहेको महँगीले विश्वको अर्थतन्त्रलाई नराम्रोसँग असर गरेको छ,' सीबीएसको कार्यक्रममा उनले भनिन्। 

उनले केही राष्ट्रमा पूर्णरूपमा मन्दी हुने र केही विकसित राष्ट्रमा पनि लखौं, करौडौं जनता यसको मारमा पर्ने बताइन्। उनले चीनमा बढ्दो कोरोना महामारीका कारण पनि त्यसबाट निर्भर रहेका देशहरूमा असर पर्ने बताइन्। 'आगामी केही महिना चीनका लागि पनि गाह्रो हुने देखिन्छ। कोरोना महामारीका कारण चीनको विकासमा नकारात्मक असर पर्ने देखिएको हो। जसका कारण चीनबाट निर्भर देशहरूलाई अझ बढी असर हुने देखिन्छ,' उनले भनिन्। 

अन्तर्राष्ट्रिय मुद्रा कोषमा १९० देश आबद्ध छन्। यो संस्थाले वैश्विक अर्थव्यवस्थालाई स्थिर राख्नका लागि काम गर्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.