जनमतले आफ्ना निर्वाचित जनप्रतिनिधिसँग माग्यो कार्यप्रगति विवरण

जनमतले आफ्ना निर्वाचित जनप्रतिनिधिसँग माग्यो कार्यप्रगति विवरण

काठमाडौं : जनमत पार्टीले पार्टीका तर्फबाट स्थानीय तहमा जितेर गएका जनप्रतिनिधिहरूलाई ६ महिनाको कार्यप्रगति विवरण सात दिनभित्र पेस गर्न सार्वजनिक रूपमा पत्र काटेको छ।

जितेर गएको ६ महिनामा के-कस्ता कामहरू नेताहरूले गरे भनेर सार्वजनिकरूपमा पत्रचार गरेको छ। सात दिनभित्र पार्टी कार्यालयमा कार्य प्रगति विवरण पेस गर्न पत्रचार गरिएको पत्रमा उल्लेख गरिएको छ।

‘जनमत पार्टीको अवधारण लागू गर्न के-कस्ता कार्यक्रमहरू ल्याउनुभयो। जनसरोकारका विषयहरूलाई सम्बोधन गर्न के कस्ता पहल गर्नुभयो,' पार्टी अध्यक्ष डा. सीके राउतद्वारा हस्ताक्षरित भएको पत्रमा भनिएको छ, ‘जनमत पार्टीको स्थानीय समिति र कार्यकर्ताहरूसँग समन्वय कस्तो रह्यो आदिको विवरण प्रतिवेदनमा समावेश गर्नु हुन अनुरोध छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.