काश्मिरमा हिंसात्मक घटनामा १० जनाको मृत्यु

काश्मिरमा हिंसात्मक घटनामा १० जनाको मृत्यु

काश्मिर : भारत प्रशासित काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा छ दिनको अवधिमा १० जनाको मृत्यु भएको छ। काश्मिरको दक्षिणी क्षेत्र हिन्दू बहुल क्षेत्र हो। यहाँ पश्चिमी क्षेत्रको तुलनामा कम हिंसात्मक घटना हुने स्थानका रूपमा लिने गरिन्छ। 

मुस्लिम बाहुल्य हिमालय क्षेत्रका विद्रोही समूहहरूले दशकौंदेखि आफ्नो स्वतन्त्रता वा पाकिस्तानमा विलयका लागि लडेका छन्, जसले विभाजित क्षेत्रको सानो भागलाई नियन्त्रण गर्दछ। 

तर भारत विरोधी विद्रोहीको आशङ्कामा दुई बन्दुकधारीले आइतबार दुर्गम गाउँ डाङ्ग्रीका घरहरूमा गोली चलाउँदा चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका प्रहरी अधिकारी मुकेश सिंहले सञ्चारकर्मीहरूलाई बताए।

काश्मिरलाई भारत र पाकिस्तानबीच विभाजन गर्ने नियन्त्रण रेखा (एलओसी) नजिकको क्षेत्रमा प्रहरी र सुरक्षा बलले आक्रमणकारीको खोजी कार्य सुरु गरेका बताइएको छ। 

सोमबार एउटा घर नजिकै भएको विस्फोटमा परी सात वर्षीय बालक र अर्का एक व्यक्तिको मृत्यु भएको नाम नबताउने शर्तमा अर्का एक प्रहरी अधिकारीले एएफपीलाई बताए।

नजिकै एउटा विस्फोट नभएको विस्फोटक पदार्थ पनि फेला परेको र विशेषज्ञ टोलीले त्यसलाई निस्क्रिय पारेको अधिकारीहरूले बताएका छन्।

जम्मु शहरको एक चेकप्वाइन्टमा सरकारी सेना र संदिग्ध विद्रोहीबीच बुधबार भएको गोली हानाहानपछि केही व्यक्तिको मृत्यु भएको थियो।

प्रहरीका अनुसार चार जना संदिग्ध विद्रोहीको मृत्यु भएको छ भने ट्रकका चालक फरार छन्। अधिकारीहरूका अनुसार गत वर्षभरी काश्मिर क्षेत्रमा भएका भिडन्तमा कम्तीमा १७२ जना संदिग्ध विद्रोही र २६ जना सशस्त्र बलका जवान मारिएका थिए।

भारतीय काश्मिरमा पाँच वर्षभन्दा बढी समयदेखि निर्वाचित सरकार छैन र सन् २०१९ देखि नयाँ दिल्लीको प्रत्यक्ष नियन्त्रण छ।

भारतले नियमित रूपमा पाकिस्तानलाई विद्रोहीहरूलाई समर्थन गरेको आरोप लगाउँदै आएको छ। तर इस्लामाबादले यसको खण्डन गर्दै आएको छ। पाकिस्तानका अनुसार उसले आत्मनिर्णयको अधिकारको लागि कश्मीरको संघर्षलाई कूटनीतिक समर्थन मात्र प्रदान गर्दछ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.