युक्रेनको राजधानीमा हवाइ आक्रमण

युक्रेनको राजधानीमा हवाइ आक्रमण

किभ : युक्रेनको राजधानी किभमा आइतबार राति रुसी सेनाले हवाइ हमला गरेका छन्। शहरका विभिन्न जिल्लामा विस्फोट भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

किभमा सैन्य प्रशासनले जनाएअनुसार एयर डिफेन्सले ३२ वटै हवाइ आक्रमणहरूलाई निस्तेज गरेको बताएको छ। हवाइ अवरोधका भग्नावशेषले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लामा एउटा निजी कारलाई  सामान्य क्षति पुगेको  छ भने स्थानीय सबवेको सञ्चालनमा बाधा पुगेको छ। 

यसैगरी किभ क्षेत्रमा ड्रोन आक्रमणमा पूर्वाधार सुविधा क्षतिग्रस्त भएको किभ क्षेत्रीय सैन्य प्रशासन प्रमुख ओलेक्सी कुलेबाले टेलिग्राममा बताएका छन्। यद्यपि आक्रमणबाट किभ क्षेत्रमा कुनै हताहतीको भने भएको छैन। 

रुसले जम्माजम्मी ४५ लडाकु ड्रोनहरू प्रक्षेपण गरेको  छ। त्यसमध्ये ३२ वटा आइतबार मध्यरात पछि र शनिबार अबेर राति १३ वटा प्रहार गरेको थियो। ती सबैलाई युक्रेनको हवाइ रक्षाले खसालेको युक्रेनी सशस्त्र सेनाको वायुसेना कमाण्डले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.