जसपामा चुनावको  ‘निर्मम’ समीक्षा माग

जसपामा चुनावको  ‘निर्मम’ समीक्षा माग

काठमाडौं : जनता समाजवादी पार्टी भित्र प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा पार्टी खुम्चिनुको कारण बारे निर्मम समीक्षको माग उठेको छ। सोमबारबाट ललितपुरमा जसपाको राजनीतिक समितिको बैठक सुरु भएको छ।

त्यस बैठकमा  पार्टी अध्यक्ष उपेन्द्र यादवले ‘प्रतिनिधि सभा-प्रदेश सभाको निर्वाचन सम्बन्धि समिक्षा’ र संघीय परिषद् अध्यक्ष अशोककुमार राईले ‘मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हाम्रो पार्टीको भूमिका’ गरि दुईवटा प्रतिवेदन पेश गरेको थिए। प्रस्तुत प्रतिवेदनमा बोल्ने  अधिकांस नेताहरूले निर्वाचनको निर्मम समीक्षा घात गर्नेहरूलाई कडा कारवाहीको माग गरिएको छ ।

निर्वाचनको सम्मुखमा गठबन्धन तोडेर एमालेसंग तालमेल गर्नुले कार्यकर्ताहरूमा अन्योल सिर्जना गरेको भएको समेत आवाज उठाएका छन्। अपेक्षाकृत परिणाम हासिल गर्न नसकिएको केही नेताहरूले तर्क राखे। 

जनता समाजवादी पार्टी (जसपा)ले संघीयताको रक्षा गर्नका लागि पार्टी सशक्तले भूमिका निर्वाह गर्ने नेता सुरेन्द्र यादवले जनाएको छ। जसपाले सरकार वा प्रतिपक्षमा रहेर संघीयतालगायतका उपलब्धिलाई रक्षा गर्न सशक्त भूमिका खेल्नुपर्ने पहिलो दिनको बैठकले निष्कर्ष निकालेको हो। कांग्रेस, एमालेलगायत पार्टी संघीयता खारिज गर्न लागेको पार्टीका नेता यादवले बताए। सरकारमा सहभागीताका विषयमा मंगलबारको छलफल भएपछि निष्कर्षमा पुगिने उनले बताए। वर्तमान सरकारलाई समर्थन गरेको जसपाभित्र सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा विवाद छ ।

नेता यादवका अनुसार, कांग्रेसले जसपालाई राष्ट्रिय पार्टी नबनोस् भनेर षड्यन्त्र गर्दा पनि आफ्नो पार्टी राष्ट्रिय पाटी बनेको खुशी व्यक्त गर्नुभयो। कांग्रेस नेतृत्वको तत्कालिन सत्ता गठबन्धनले आफूहरूलाई अन्तिम समयसम्म झुटो आश्वासन दिएर अल्झायो। सिट बाँडफाँटमा कुरा नमिलेपछि गठबन्धन छाड्ने परिस्थितिमा पुगेको पार्टी अध्यक्षले बैठकमा जानकारी गराए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.