जाडो बढेपछि रोहिणीका विद्यालय ६ दिन बन्द
भैरहवा : रुपन्देहीको रोहिणी गाउँपालिकामा ६ दिनका लागि विद्यालयहरु बन्द गरिएको छ ।
ह्वात्तै चिसो बढेपछि बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरी पुस १९ देखि पुस २४ गतेसम्म सबै सामूदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द रहने गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।
गाउँपालिकाले सूचना जारी गर्दै मौसम प्रतिकूल भइ जाडो बढेकाले वर्षे विदाबाट कट्टी हुनेगरी ६ दिन विद्यालय बन्द रहने जनाएको छ ।