दैलेखको दुल्लु नगरपालिकाको टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

दैलेखको दुल्लु नगरपालिकाको टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

दैलेख : जिल्लाको दुल्लु नगरपालिकाको टिप्पर दुर्घटनामा परेको छ। नगरपालिकाको भे १ ग ७७ नम्बरको टिप्पर दुर्घटनामा परेको हो। 

दुल्लुबाट पादुकातर्फ गइरहेको टिप्पर दुल्लु नगरपालिका–९ पादुकास्थित मध्यपहाडी राजमार्गमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए। 

प्रहरी निरीक्षक कार्कीका अनुसार दुर्घटनामा टिप्पर चालक दुल्लु नगरपालिका–३ का २९ वर्षीय धनबहादुर बुढाको निधन भएको हो। 

उनको दुल्लु अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक कार्कीले बताए।  

दुल्लु नगरपालिका–७ का ३५ वर्षीय नगेन्द्र रावत र दुल्लु नगरपालिका–२ का ३२ वर्षीय पूर्ण थापा घाइते छन्। 

उनीहरूको दुल्लु अस्पतालमा उपचार भइरहेको छ। दुल्लु नगरपालिका–८ र ९ को वडा कार्यालयका लागि फर्निचरका सामग्री लिएर गएको टिप्पर दुर्घटनामा परेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.