जनकपुरधामका सबै विद्यालय तीनदिनका लागि बन्द
जनकपुरधाम : अत्यधिक जाडो बढेपछि धनुषाको जनकपुरधाम उप-महानगरपालिकाले तीनदिनका लागि सबै विद्यालयमा विदा दिएको छ ।
उपमहानगरपालिकाको विपद व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय पुस २० गतेदेखि २२ गतेसम्म तीनदिन जाडो विदा दिने निर्णय गरेको हो ।
उप-महानगरका शिक्ष युवा तथा खेलकुद शाखाका बरिष्ठ उपसचिव मिहिलाल यादवले मंगलबार एक सूचना जारी गर्दै जानकारी गराएका हुन् । उनका अनुसार तीनदिनको जाडो विदा शैक्षिक क्यालेण्डरमा उल्लेखित पुस २७ देखि माघ ३ गतेसम्मको जाडो विदाबाट कट्टा गरिने छ ।