छोरा र ज्वाइँको मिलेमतोमा भारतीय सुटर लगाएर धानुक दासको हत्या भएको खुलासा

धनुषामा धानुक दास हत्याप्रकरण

छोरा र ज्वाइँको मिलेमतोमा भारतीय सुटर लगाएर धानुक दासको हत्या भएको खुलासा

जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धानुक दासको हत्यामा उनकै छोरा र ज्वाइँको संलग्नता रहेको पाइएको छ । ४० वर्षीय मोटर मिस्त्री दासको गत पुस ९ गते शनिबार साँझ आफ्नै ग्यारेजमा गोली प्रहार गरी हत्या गरिएको थियो ।

दासको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले उनका छोरा र ज्वाइँसहित ३ जनालाई पक्राउ गरेको छ भने एकजना अझै फरार छन् । दासको हत्यामा संलग्न रहेको आरोपमा दासका छोरा प्रदीप दास, ज्वाइँ उदय दास र नगराईन नगरपालिकास्थित जटहीका सुटर रञ्जित यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

मृतक धानुक दासका ज्वाइँ उदय दास मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका चालक हुन् । तीनैजनालाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले पक्राउ गरेको हो । घटनामा संलग्न भारत बिहारको खजुली बस्ने आकाश भनिने सोनु मिश्रा फरार रहेको प्रहरीले जनाएको छ ।

घरमा सम्पत्तिको विवादमा कुरा नमिल्दा छोरा र ज्वाइँ मिलेर उनको हत्याको योजना बुनेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । छोरा प्रदीपले नै ५ लाख रुपैयाँमा सुटरसंग डिल गरेर हत्या गराउन लगाएको प्रहरी स्रोतको दावी छ ।

 प्रहरी स्रोतका अनुसार सुटरहरुलाई दुई पटकमा गरी ३ लाख रुपैयाँ दिइसकिएको र २ लाख रुपैयाँ दिन बाँकी रहेको जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.