गुनासो सुन्न वालिङमा कल सेन्टर
स्याङ्जा: नगरबासीका गुनासा सुनेर समस्या हल स्याङ्जाको वालिङ् नगरपालिकाले कल सेन्टर स्थापना गर्ने भएको छ।
नगरपालिकाका सेवा सुबिधा र कामलाई व्यवस्थित बनाउन कल सेन्टर स्थापना गर्न लागिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए।
नगरका १४ वटै वडामा भएका विकास निर्माणलगायत अन्य सबै गतिविधिका बारेमा कल सेन्टरबाट जानकारी दिन सकिने उपप्रमुख कबिता तिवारीले बताइन्।
कल सेन्टर स्थापनासँगै नगरपालिकाका कामप्रतिको चासो र पालिकाको सुशासन र पारदर्शितामा समेत सहयोग पुग्ने विश्वास लिइएको छ।