पेलेलाई प्रसिद्धि प्राप्त गरेकै सहरमा समाधिस्थ गरियो

पेलेलाई प्रसिद्धि प्राप्त गरेकै सहरमा समाधिस्थ गरियो

सान्टोस : फुटबलका विश्वसम्राट पेलेलाई उनले प्रसिद्ध प्राप्त गरेको सहरको कब्रिस्तानमा समाधिस्थ गरिएको छ। नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भिला बेलमिरोमा महान् खेलाडीप्रति श्रद्धाञ्जलि अर्पण गरे।

सांगीतिक टोलीको शोक धुनसँगै, शोक गीत र रोमन ‘क्याथोलिक’ भजन गाउँदै, बजाउँदै गरिएको शवयात्रामा हजौरौं सहभागी भएका थिए। सुनले बेरिएको ‘कास्केट’ आइपुग्नु अघि कब्रिस्तानमा उपस्थित अपार जनसागरले पेलेलाई मनपर्ने साम्बा गीत गाएर उनीप्रति सम्मान व्यक्त गरेका थिए।

पेलेको ८२ वर्षको उमेरमा गत हप्ता मृत्यु भएको हो। उनको शव सान्टोसमा राखिएको थियो जहाँ उनले १५ वर्षको उमेरमा खेल जीवन प्रारम्भ गरेर प्रसिद्धि प्राप्त गरेका थिए। पेलेको अन्तिम संस्कार वा शवयात्रामा ब्राजिलका प्रख्यात खेलाडी रोनाल्डो नाजारियो, नेयमार, काकालगायत अनुपस्थिति रहेकामा पेलेका केही प्रशंसकले उनीहरूको आलोचना गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.