गर्भवती र सुत्केरीलाई पोषण सामग्री बाँडिदै
नुवाकोट: सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत नुवाकोटको विदुरमा गर्भवती तथा सुत्केरीलाई पोषण सामग्री बाँडिएको छ।
विदुर नगरपालिकाले सञ्चालन गरेको सुरक्षित मातृत्व कार्यक्रमबाट सुत्केरी र गर्भवती लाभान्वित भएको मेयर राजन श्रेष्ठले बताए। नगर क्षेत्रमा गर्भवती र सुत्केरीलाई पोषण सामग्री बाँड्ने काम भइरहेको उनले बताए।
सुत्केरी तथा गर्भवतीको तथ्यांक संकलनसँगै मेयर श्रेष्ठ, उपमेयर प्रभा बोगटी स्थलगत रुपमै पुगेर पोषण सामग्री बाँड्ने काममा सक्रिय छन्।
अहिलेसम्म विदुर नगरपालिकाको वडा नम्बर १, ७, ८, ९, १०, ११ मा पौष्टिक आहार सामग्री बाँडिएको उपमेयर बोगटीले बताइन्।