कर्णाली प्रदेशमा ६ दिनभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

कर्णाली प्रदेशमा ६ दिनभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

सुर्खेत : कर्णाली प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले पुस २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न समय सीमा दिएका हुन्।

प्रदेश प्रमुख परियाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार  गठनका  लागि आह्वान गरेका हुन्।

कर्णाली प्रदेशमा मुख्यमन्त्री  नियुक्ति गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलको स्पस्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई कर्णाली  प्रदेशको मुख्यमन्त्री नियु्क्त गर्नका लागि दावी पेश  गर्न आह्वान गरिएको हो।

कर्णाली प्रदेशमा ४०  जना सांसद छन्। जसमा कांग्रेसका १४, माओवादी केन्द्रका १३,एमालेका १०,राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र स्वतन्त्रका १/१ सांसद छन्।

कर्णालीमा सरकार गठनका लागि २१ सांसद चाहिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.