अत्यधिक चिसोले पश्चिम तराईको जनजीवन कष्टकर

अत्यधिक चिसोले पश्चिम तराईको जनजीवन कष्टकर

गुलरिया : केही दिनदेखि एक्कासि बढेको चिसोका कारण बर्दियालगायत पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ। 

बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर परेका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला एवम् पशुचौपायाहरू प्रभावित बनेका छन्।

अत्यधिक चिसोका कारण अत्यावस्यक कामबाहेक मानिसहरू घरबाहिर निस्कन सकेका छैनन्। पश्चिमी वायु र नजिकका हिमाली जिल्लाहरूमा हिमपात भएसँगै तराईमा चिसो बढेको हो। 

चिसोका कारण शरीर काप्ने र हातखुट्टा कठ्याङ्रिने गरेको गुलरिया नगरपालिका-४ निवासी स्थानीय राधिका जिसीले बताइन्। 

केही दिनदेखि घामको मुख देख्न पाइएको छैन। केटाकेटी, वृद्धवृद्धा लगायत पशुचौपाया चिसोका कारण धेरै समस्यामा छन्। उनले भनिन् 'जाडोले गर्दा दम, रुघाखोकी लगायतका समस्या देखिएको छ।'
    

चिसो बढेपछि कलेज पनि बिदा भएको बबई बहुमुखी क्याम्पस गुलरियाको चौथो वर्षमा अध्ययनरत छात्रा प्रमिला चौधरीले भनिन्। क्याम्पसले २१ दिनका लागि बिदा दिएको छ। 

बर्दियाका ८ वटै स्थानीय पालिकाअन्तर्गत सञ्चालित सामुदायिक तथा निजी विद्यालयहरू बन्द भएका छैनन्। केही विद्यालयहरूमा परीक्षा चलिरहेको छ। विद्यालयहरूमा परिक्षा सकिएसँगै माघी र जाडोलाई मध्यनजर गर्दै विद्यालयहरूमा बिदा दिने तयारी भइरहेको छ।

शीतलहर तथा तुसारापातका कारण कृषि क्षेत्रमा समेत असर पुगेको छ। शीतलहरका कारण आलु, टमाटर, तोरी लगायतका बाली तरकारीका बिरुवाहरूमा क्षति पुगेको छ। घाम नलागेपछि पशुचौपायाहरू समेत सास्ती खेप्न बाध्य छन्। 
अत्यधिक चिसो बढेपछि जिल्ला दैवी प्रकोप उद्धार समितिले विपन्न परिवारहरूलाई न्यानो कपडाहरूको व्यवस्था गर्न संघ संस्थाहरूलाई आह्वान गरेको छ। जाडोका कारण बर्दिया अस्पतालमा आउने बिरामीको संख्या बढेको छ।

चिसो बढेपछि बर्दिया अस्पतालमा दम, रुघाखोकी, ज्वरो लगायत श्वासप्रश्वासका बिरामीहरूको चाप बढेको बर्दिया अस्पतालका सर्जन डाक्टर विजय उपाध्यायले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.