मुस्ताङ अस्पतालमा शल्यक्रिया सेवा पुनः सञ्चालन

मुस्ताङ अस्पतालमा शल्यक्रिया सेवा पुनः सञ्चालन

जोमसोम : मुस्ताङ जिल्ला अस्पतालमा आइतबारदेखि आकस्मिक प्रसूति शल्यक्रिया सेवा पुनः सञ्चालनमा ल्याइएको छ।

चालु वर्ष २०७९/८० देखि पहिलो पटक सञ्चालनमा ल्याइएको आकस्मिक प्रसूति शल्यक्रिया सेवा जनशक्ति अभाव हुँदा प्रभावित बनेको थियो। 

सुरुवाती चरणमा शल्यक्रिया सेवा सञ्चालनमा ल्याइएको भएपनि अस्पतालमा कार्यरत एमडीजीपी डा. कुन्दन कर्णले‍ अस्पताल छाडेसँगै शल्यक्रिया सेवा बन्द भएको थियो।

अस्पतालका मेडिकल सुपरिटेन्डन डा. विशाल तिवारीको पहलमा पुनः एमडीजीपी डाक्टरको व्यवस्था गरिएसँगै ३ महिनापछि आकस्मिक प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा आएको हो। 

नयाँ नियुक्त भएका एमडीजीपी डा. मुखिया घलेले दुर्गमको जिल्लामा बसेर सेवा गर्ने आंकाक्षा स्वरूप मुस्ताङलाई प्राथमिकतामा राखेर यहाँ सेवा दिन आइपुगेको जनाए। सेवा सञ्चालनमा आएसँगै यहाँका महिलाहरू उत्साहित भएका छन्। 

भौगोलिक विकटता र सुगमको अस्पतालसम्म लैजान निकै समय लाग्ने भएकाले जिल्लामा सुरक्षित शल्यक्रियामार्फत सुत्केरी गराउने अवसर पाउँदा जिल्लाका गरिव तथा विपन्न वर्गलाई निकै राहत पुग्ने अस्पतालका मेसु डा. विशाल तिवारीको भनाइ छ।

२०३१ सालमा स्थापना भएको मुस्ताङ जिल्ला अस्पताल संघीयतापछि गण्डकी प्रदेश सरकारको मातहतमा २५ शैया क्षमतामा स्तर वृद्धि गरिएको हो। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.