चरम श्रम शोषण गरेको भन्दै अमेरिकाले उत्तर कोरियामाथि लगायो आयातमा प्रतिबन्ध
काठमाडौं : अमेरिकाले उत्तर कोरियााबाट हुने सामानहरूको आयातमा प्रतिबन्धन लगाएको छ। उत्तर कोरियाले चरम श्रम शोषण गेरको भन्दै अमेरिकाले केही सामानको आयातमा प्रतिबन्ध लगाएको न्युजटकले जनाएको छ।
अमेरिकाले उत्तर कोरियाको तीन कम्पनीको सामानमा प्रतिबन्धन लगएको हो। समाचारअनुसार जिङ्ज ट्रेडिङ, रिजिङ फुड र चच्याङ सनराइज गार्मेन्टका सामानमा प्रतिबन्धन लगाइएको हो।
यी कम्पनहरूले अटो पार्ट्स, खानेकुरा र कपडाको उत्पादन गर्दै आएका छन्। अमेरिकाको भन्सार कार्यालयले यी कम्पनीहरूमा कामदारहरूलाई चरम श्रम शोषण गरिँदै आएको छ। कामदारको चरम श्रम शोषणबाट सामान उत्पादन नभएको प्रमाणित नगरेसम्म सामान आयातमा प्रतिबन्ध लगाउने अमेरिकाले बताएको छ।
यस विषयमा सम्बन्धित कम्पनीका अधिकारीहरूले भने जवाफ दिन नचाहेको समाचारमा उल्लेख छ।