धनकुटामा साढे तीन हजारभन्दा बढी गरिब परिवार

धनकुटामा साढे तीन हजारभन्दा बढी गरिब परिवार

धनकुटा : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार धनकुटामा ३ हजार ७ सय २३ गरिब परिवार रहेका छन्। 

मन्त्रालयले प्रकाशन गरेको गरिब परिवार सूचिकृत पुस्तिका अनुसार जिल्लाको सात स्थानीय तहमा अति गरिब, मध्यम गरिब र सामान्य गरिब गरी कुल ३७ सय २३ घरधुरी गरिब परिवारमा सूचीकृत भएका छन्। 

सो पुस्तकको अनुसार कुल सूचीकृत घरधुरीमध्ये अति गरी ९ सय २५, मध्यम गरिब १ हजार ४ सय ८४ र सामान्य गरिब १ हजार २ सय ६४ घरधुरी रहेका छन्।  

स्थानीय तहअनुसार सबैभन्दा बढी धनकुटा नगरपालिकामा ८ सय ७५ जना छन्। जसमध्ये अति गरिब २ सय ४९, मध्यम गरिब ३ सय २३ र सामान्य ३ सय ३ परिवार छन्। 

त्यस्तै पाख्रिवास नगरपालिकामा अति गरिब २ सय ५०, मध्यम गरिब २ सय ९१, सामान्य गरिब २ सय ५१ गरी ७ सय ९२ जना गरिब परिवारमा सूचीकृत रहेको पुस्तकमा उल्लेख छ। 

त्यस्तै महालक्ष्मी नगरपालिकामा पनि १ सय ७ अतिगरिब, २ सय ३४ मध्यम गरिब, २ सय ७ सामान्य गरिब गरी कुल ५ सय ४८, छथरजोरपाटी गाउँपालिकाको कुल २ सय ४५ मध्ये २६ अति गरिब, ९५ मध्यम गरिब र १ सय २४ सामान्य गरिबमा सूचीकृत छन्। 

यता सहिदभूमि गाउँपालिकामा ६ सय २१ मध्ये २ सय १० अति गरिब, २ सय ५४ मध्यम गरिब र १ सय ५७ जना सामान्य गरिबमा, चौविसे गाउँपालिकामा ६६ अति गरिब, १ सय २५ मध्यम गरिब र ८६ सामान्य गरिबमा गरि २ सय ७७ घरधुरी रहेका छन्। 

त्यस्तै साँगुरीगढी गाउँपालिकामा कुल ३ सय ६५ मध्ये अति गरिब ६७, मध्यम गरिब १ य ६२ र सामान्य गरिब १ सय ३६ छन्।  

परिचय पत्रको समयवधि ५ वर्षको रहेको छ। तर परिचयपत्र पाएकाहरूले सरकारबाट पाउने सुविधा के हुने भन्ने जानकारी छैन।

साँगुरीगढी गाउँपालिकामा गरिब परिवार परिचयपत्र वितरण सुरु 

साँगुरीगढी गाउँपालिकाले गरिब परिवार परिचय पत्र वितरण कार्य सुरु गरेको छ। 

भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयको गरिब परिवार सूचिकृतमा परेका घरपरिवारलाई गरिब परिवार परिचय पत्र वितरण कार्य सुरु गरेको हो। 

वडा नम्बर ७ को वडा कार्यालयमा आयोजित एक कार्यक्रमा गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुर लगायत कर्मचारी टोलीले संयुक्त रूपमा परिचयपत्र वितरण गरेका थिए। अन्य वडामा कर्मचारीको टोलिले परिचय पत्र वितरण गरिरहेको छ। 

साँगुरीगढी गाउँपालिका भरि गरिब परिवारमा सूचिकृतको संख्या ३ सय ६५ रहेको छ। परिचय पत्रलाई तीन प्रकारमा विभाजन गरिएको छ। हरेक परिचय पत्रको रंग बेग्लाबेग्लै रहेको छ। 

अति गरिब परिचय पत्रको रंग रातो, मध्यम गरिब परिचय पत्रको रंग पहेलो र सामान्य गरिब परिचय पत्रको रंग निलो रहेको छ। 

यस पालिकामा अति गरिबमा सूचीकृत परिवारको संख्या ६७, मध्यम गरिब परिवारमा सूचीकृत १ सय ६२ र सामान्य गरिब परिवारमा सूचिकृत १ सय ३६ जना रहेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.