लुम्बिनी र कर्णालीले २७ पुसमा मुख्यमन्त्री पाउँदै

लुम्बिनी र कर्णालीले २७ पुसमा मुख्यमन्त्री पाउँदै

दाङ : लुम्बिनी र कर्णाली प्रदेशले आगामी २७ पुसभित्र मुख्यमन्त्री पाउने भएका छन्। 

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार विज्ञप्ति जारी गर्दै आउँदो बुधबार दिउँसो ४ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन्। 

उनले प्रदेश सरकार गठनका लागि कुनै दलको बहुमत नभएको स्मरण गराउँदै दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस समय दिएको बताए। लुम्बिनीमा नेकपा एमालेका लीला गिरी वा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरामध्ये एक जना मुख्यमन्त्री बन्ने देखिएको छ। 

लुम्बिनी प्रदेशसभामा कुल ८७ सदस्य छन्। बहुमत पुर्‍याउन ४४ सांसद चाहिन्छ। लुम्बिनी प्रदेशसभामा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जसपा र जनमत पार्टीका ३–३ जना सांसद छन्। जसमध्ये सत्ता गठबन्धनको ५२ जना सांसद छन्। जुन सरकार गठनका लागि पर्याप्त हो। सत्ता गठबन्धनलाई सहज देखिए पनि नेपाली कांग्रेस पनि आफ्नै सरकार बनाउन लागि परेको छ। कांग्रेस भने साना सबै दललाई सहभागी बनाएर सरकार बनाउने दाउमा छ। 

कर्णाली प्रदेश प्रमुख तिलक परियारले आगामी पुस २७ गते बुधवार अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका छन्। कुनै पनि दलले बहुमत नपाएका कारण संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन हुनेछ। ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र  स्वतन्त्र सांसद एक÷एकजना सांसद छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.