टेस्ला : ओझेलमा परेका वैज्ञानिक योगी

टेस्ला आफ्नो समयका वैज्ञानिक र आविष्कारक मात्र थिएनन्। विज्ञान क्षेत्रमा सम्मानका साथ ‘२०औं शताब्दीका आविष्कारक’ भनेर उपमा पाएका व्यक्ति पनि थिए।

टेस्ला : ओझेलमा परेका वैज्ञानिक योगी

प्रविधि र बदलिँदो विश्वबारे चासो राख्ने धेरैले टेस्ला कम्पनी र टेस्लाका संस्थापक इलोन मस्कको नाम सुनेका छन्। पेट्रोल र डिजेलजस्ता जीवाश्म इन्धनको पृथ्वीमा सीमितता छ। तर यस्को अत्यधिक प्रयोग छ। त्यसले निम्त्याएको पर्यावरण विनाश र जलवायु परिवर्तन हामीले भोगिरहेछौं। यसरी मानव जातिको अस्तित्व नै जोखिममा पार्न सक्ने नयाँ चुनौतीहरू थपिएका छन्। यी यथार्थ मनन् गर्दै सामाजिक दायित्व र नाफा सँगसँगै लिएर जाने सोचसहित केही वर्षयता विश्वभर नयाँ उद्योगहरू खुले र खुल्ने क्रम जारी छन्। वातावरण चेतनालाई मनन् गर्दै खुलेका उद्योगमध्ये टेस्ला सवारी वाहन उद्योग एक हो।

अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको टेस्लाले उत्पादन गर्ने विद्युतीय गाडीको माग विश्वव्यापी रूपमा बढ्ने क्रममा छ। विद्युतीय गाडीमध्ये टेस्लाको नाम अग्रणी रूपमा आउँछ। कोभिड महामारीका बाबजुद सन् २०२० मा मात्रै संसारभर करिब पाँच लाख टेस्ला गाडी बिक्री भए। विगतका वर्षहरूमा अप्रत्याशित रूपमा बढेको विद्युतीय सवारीसाधनको प्रयोग हेर्दा टेस्लाले उत्पादन गरेको मोडेल–३ हालसम्मकै बढी बिक्री भएको प्लग–इन् विद्युतीय साधनमा पर्छ। टेस्ला नाम आफैंमा भने कुनै समयका प्रतिभाशाली आविष्कारक प्रख्यात वैज्ञानिक निकोला टेस्लालाई समर्पित गरेर नामकरण गरिएको हो। टेस्ला गाडीको नाम सुनेका धेरैले निकोला टेस्लाको नाम नसुनेको पनि हुन सक्छन्। 

निकोला टेस्लाका बारेमा अर्का प्रख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसित जोडिएको रमाइलो भनाइ छ। एकपटक आइन्स्टाइनलाई कसैले सोधेछन्, ‘संसारको सबैभन्दा बुद्धिमान मानिस हुनुलाई तपाईं कसरी लिनु हुन्छ ?’ उनले तत्काल जवाफ दिएछन्, ‘मलाई थाहा छैन, तपाईंले त्यो निकोला टेस्लालाई सोध्नुपर्छ।’ सन् १८५६ मा सर्बिया भन्ने युरोपेली देशमा जन्मिएका अमेरिकी–सर्बियन भौतिकशास्त्री, इलेक्ट्रिक इन्जिनियर तथा वैज्ञानिक हुन्, निकोला टेस्ला। जसको जीवनको उत्तराद्र्ध भने न्युयोर्क सहरको एउटा सानो होटल कक्षमा अत्यन्तै दुःखदायी र बिखर्ची भएर बित्यो। यसरी टेस्ला फुर्सदमा होटल नजिकैको पार्कमा मनपर्ने परेवाहरूसित बिताउँथे। रातमा जटिल गणितीय समीकरण र वैज्ञानिक समस्याहरूमा घोत्लिन्थे। सन् १९४३ मा देहत्याग गरेका टेस्लाको कल्पनाशक्तिमा आधारित वैज्ञानिक रचना र आविष्कारहरूले उनको मृत्युपछि दशकौंसम्म पनि वैज्ञानिकहरू र विद्वानहरूलाई अचम्मित तुल्याउथ्यों।

सानै उमेरदेखि आफ्नो विलक्षण प्रतिभाहरूले आफू वरपरका मानिसलाई अचम्मित तुल्याउने असाधारण क्षमताका व्यक्ति थिए, टेस्ला। उनले कलिलै उमेरमा मोटा पुस्तकहरू कण्ठस्थ गर्थे। दिमागमा जटिल गणितीय तालिकाहरू भण्डार गर्न सक्थे। विद्युतीय युगको वास्तविक पिता भनेर पनि चिनिने टेस्लाले विद्युतीय ऊर्जाको उत्पादन, प्रसारण र प्रयोगमा दर्जनौं सफलता हासिल गरे। टेस्लाले पहिलो वैकल्पिक वर्तमान (एसी) मोटर आविष्कार गरे। एसी उत्पादन र प्रसारण टेक्नोलोजी विकास गरे। आफ्नो समयमा उनी प्रसिद्ध र वैज्ञानिक समुदायमा टेस्ला सम्मानित थिए। तर विडम्बना उनले आफ्नो कालजयी आविष्कारहरूलाई दीर्घकालीन निजी आर्थिक सफलतामा कहिल्यै परिणत गर्न सकेनन्।

आध्यात्मिक स्वभावका टेस्ला भने मनको प्रभुत्व, योग र प्रकृतिको शत्तिाmको उपयोग गर्थे। यसरी उनी संसारलाई पूर्ण रूपले परिवर्तन गर्न सकिन्छ भन्ने मान्यतामा विश्वास गर्थे।

निकोला टेस्लाको जीवन र विज्ञानको क्षेत्रमा उनले गरेको योगदानका बारेमा चर्चा गरिरहँदा अर्का प्रसिद्ध आविष्कारक थोमस अल्वा एडिसन र टेस्लाको सम्बन्धका बारेमा प्रकाश पार्नु आवश्यक छ। टेस्ला सन् १८८२ मा फ्रान्स पुगे। उनले पेरिसस्थित कन्टिनेन्टल एडिसन कम्पनीमा दुई वर्ष काम गरे। सन् १८८४ मा सोही कम्पनीमा काम गर्न आप्रवासीका रूपमा उनी अमेरिकाको न्युयोर्क पुगे। प्रसिद्ध अमेरिकी आविष्कारक र व्यापारी थोमस अल्भा एडिसनको न्युयोर्कस्थित मुख्यालयमा इन्जिनियरको रूपमा काम सगरेका टेस्लाको लगनशीलता र विलक्षण प्रतिभाले एडिसनलाई प्रभावित तत्कालै प्रभावित पा¥यो। विज्ञानको क्षेत्रमा एडिसनलाई बिजुली उत्पादन, सामूहिक सञ्चार, ध्वनि रेकर्डिङ र चलचित्रजस्ता क्षेत्रमा धेरै उपकरण आविष्कारकका रूपमा चिनिन्छन्।

विश्वप्रसिद्ध अमेरिकी आविष्कारकसँग उनको प्रयोगशालामा नजिकमा रहेर काम गर्ने अवसर प्राप्त गरेका टेस्लाले छोटो समयमै एडिसनका उपकरणहरूमा सुधार र नयाँ डिजाइनहरू गरे। तर उनले आफ्ना ठूला महत्त्वाकांक्षाहरू प्राप्त गर्न असमर्थ भएपछि बाहिरिए। एडिसनसँग छुट्टिएपछि टेस्लाले टेस्ला इलेक्ट्रिक लाइट कम्पनीका लागि स्रोत प्राप्त गर्न सफल भए। युरोपेली मूलका टेस्ला र अमेरिकी एडिसन दुवै भौतिक शास्त्र, विद्युतीय ऊर्जा, विद्युतीय प्रवाहजस्ता प्रविधिमा रुचि राख्ने र यी क्षेत्रहरूमा योगदान पु¥याइसकेका समकालीन आविष्कारकहरू थिए। टेस्लाले सन् १८८२ मै वैकल्पिक विद्युतीय प्रवाह (अल्टरनेटिभ करेन्ट–एसी) को अवधारणा अघि सारिसकेका सकेका थिए।

थोमस एडिसनले आविष्कार गरेको बिजुली बत्ती टेस्लाको एसी अर्थात् वैकल्पिक विद्युतीय प्रवाहबिना सम्भव हुँदैनथियो। एडिसनको मुख्यालयमा काम गर्दा टेस्लाले अघि सारेको वैकल्पिक विद्युत्को विचारलाई एडिसनले अस्वीकार गरे। तर पनि टेस्ला आफ्नो विद्युतीय अवधारणाको पछि एक्लै लागिरहे। प्रचार र ब्रान्डिङको अमेरिकी मनोविज्ञानलाई राम्ररी बुझेका थोमस अल्बा एडिसन र जिज्ञासु र अनौठो स्वभावका निकोला टेस्ला दुई विपरीत धु्रवका व्यक्तित्व थिए। त्यसै कारणले यी दुवै अत्यन्तै छोटो समयमै आआफ्नो बाटो लागे।

टेस्लाको सबैभन्दा महत्त्वपूर्ण विद्युतीय योगदान, वैकल्पिक (एसी करेन्ट) र एडिसनको पावर प्लान्टहरूमा प्रयोग हुने प्रत्यक्ष विद्युतीय प्रवाह (डीसी करेन्ट) आफैंमा प्रतिस्पर्धी थिए। एडिसनले आविष्कार गरेको इलेक्ट्रिक लाइट बल्बको संसारलाई परिवर्तन ग¥यो। आधुनिक संसार प्रकाशमय भएको कुरा पक्कै पनि हो। लाइट बल्बबाहेक एडिसनले आधुनिक समयको मानव अस्तित्वलाई रूपान्तरण गर्ने फोनोग्राफ, टेलिग्राफ, दूरसञ्चार र चलचित्रको सुधारमा योगदान पु¥याए। सन् १८७२ मा एडिसनले प्रतिलिपि अधिकार (पेटेन्ट) प्राप्त गरेको विद्युतीय प्रिन्टिङ मेसिनले सहज रूपमा काम गर्न सकिने टाइपराइटरको निर्माणमा सहयोग पु¥यायो। सबैले प्रयोग गर्ने अहिलेको कम्प्युटर किबोर्डहरूको आधार बन्यो।

जुन दिन विज्ञानले गैर–भौतिक घटनाहरूको अध्ययन गर्न थाल्छ, विज्ञानले विगतका शताब्दीहरूको तुलनामा एक दशकमै बढी प्रगति गर्छ।

टेस्ला र एडिसनबीच व्यक्तित्व टकरावको मुख्य उनीहरूबीचको फरक सैद्धान्तिक मान्यताहरू थिए। आफू र आफ्ना आविष्कारहरूको व्यापक प्रचार र ब्रान्डिङमा केन्द्रित एडिसन आर्थिक सफलता हासिल गर्न समर्थ भए। उता टेस्ला भने व्यावसायिकता र आर्थिक पाटोमा निकै कमजोर सावित भए। आत्मप्रचार र प्रायः अरूको कामको पनि आफैं श्रेय लिने प्रकृतिका एडिसन दृढ निश्चयी स्वभावका थिए। जसले उनलाई प्रख्यात आविष्कारक मात्र होइन, एक सफल व्यवसायीका रूपमा दुनियाँले चिन्यो। उता आध्यात्मिक स्वभावका टेस्ला भने मनको प्रभुत्व, योग र प्रकृतिको शक्तिको उपयोग गर्थे। यसरी उनी संसारलाई पूर्ण रूपले परिवर्तन गर्न सकिन्छ भन्ने मान्यतामा विश्वास गर्थे।

टेस्ला आफ्नो समयका वैज्ञानिक र आविष्कारक मात्र थिएनन्। विज्ञान क्षेत्रको कतिपयले सम्मानका साथ २०औं शताब्दीको आविष्कारक भनेर उपमा पाएका थिए। उनी पृथ्वी र वायुबाट ऊर्जा कसरी प्रयोग गर्न सकिन्छ भनेर खोज र अनुसन्धानमा लागि परेका नवीकरणीय स्रोतहरूको महत्त्व बुझेका पर्यावरणविद् पनि थिए। एडिसनजस्तो आर्थिक लाभहरूभन्दा पनि उनी मानव जातिलाई गुणस्तरीय जीवन दिन के गर्न सकिन्छ भनेर अवसरको खोजी गरिरहन्थे। मानवतावादी वैज्ञानिक टेस्लाको कमजोर आर्थिक पक्षका कारणले नै उनले कल्पना गरेका कतिपय महत्त्वांकाक्षी योजना सफल हुन पाएनन्।

टेस्लाको आध्यात्मिक झुकाव पाइन्छ। विज्ञान र आध्यात्मको क्षेत्रमा निकोला टेस्लाको यो भनाइ खुब प्रचलित छ, ‘जुन दिन विज्ञानले गैर–भौतिक घटनाहरूको अध्ययन गर्न थाल्छ, विज्ञानले विगतका शताब्दीहरूको तुलनामा एक दशकमै बढी प्रगति गर्छ।’ इजिएल बुद्धको जीवनमा आधारित फ्रान्सीकृत संस्करण हो, जहाँ सारा बर्नहार्टको मुख्य भूमिका रहेको छ। इजिएलमा बर्नहार्टले इजिएलको पात्रमा अभिनय गरेकी थिइन्। बोधी रूखमुनि ध्यानमग्न बुद्धलाई इजिएल प्रलोभनमा पार्न चाहन्छिन्। तर आफ्नो काखमा रहेकी इजिएललाई बुद्ध यो संसारिक कामुकताको व्यर्थ हो भन्दै उम्किन्छन् र इजिएल अन्ततः बुद्धसामु हार्छिन्। इजिएल नाटकपछि साँझको यो भेट्घाट आआफ्नो क्षेत्रका यी दुई दिग्गज टेस्ला र विवेकानन्दबीचको भेट बैठक दुवैका लागि चाखलाग्दो वार्तालाप मुख्य रूपमा ऊर्जाको विषयमा केन्द्रित रह्यो।

विज्ञान र दर्शनका विभिन्न आयामबारे वैज्ञानिक र योगीले प्राण (महत्त्वपूर्ण ऊर्जा), ईथर वा पदार्थ र कल्प र वेदान्त सिद्धान्तको तीन प्राथमिक अवधारणाबारे छलफल गरे। १८९६ फेब्रुअरी १३ मा विवेकानन्दले टेस्लासित बैठकको बारेमा भएको कुरा पत्रमा लेखेका छन्। जुन यस्तो छ ः निकोला टेस्लाले वेदान्तिक प्राण, आकाश र कल्पका विषयमा गहिरो रुचिका साथ सुन्न मन पराउँथे। १८९३ मा संयुक्त राज्य अमेरिकाको शिकागोमा आयोजित ‘वल्र्ड पार्लियामेन्ट अफ रिलिजन्स’ विश्व धर्म संसद्मा हिन्दू धर्मको प्रतिनिधित्व गर्नेको रूपमा पुगेका स्वामी विवेकानन्दले शिकागोको मर्मस्पर्शी प्रस्तुति गरेपछि धेरै पश्चिमाको मन जितिसकेका थिए। टेस्लाले पूर्वीय आध्यात्म र पूर्वीय दर्शनलाई आफ्नो मार्गदर्शन मानेका थिए।
– निकोला टेस्ला


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.