मध्य प्रदेशमा मन्दिरको टुप्पोमा विमान ठोक्कियो, पाइलटको मृत्यु
नयाँ दिल्ली : भारतको मध्य प्रदेशको रेवामा भएको विमान दुर्घटनामा पाइलटको मृत्यु भएको छ भने अर्का पाइलट घाइते भएका छन् ।
रेवा प्रहरीका अनुसार घटना शुक्रबार बिहान भएको हो। यो विमान मन्दिरबाट खसेको हो ।
रेवाका एसपी नवनीत भासिनले दुर्घटना भएको विमान निजी कम्पनीको रहेको र यो तालिमको विमान भएको बताए । चोरहाटा विमानस्थलबाट उडेको विमान रेवाको डुमरी गाउँमा रहेको मन्दिरको माथिल्लो भागमा ठोक्किएको थियो ।
घाइते पाइलटको सञ्जय गान्धी मेडिकल कलेजमा उपचार भइरहेको एसपी नवनीत भासिनले बताए । खराब मौसम र कुहिरोका कारण दुर्घटना भएको अनुमान गरिएको छ । अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बीबीसी