सामाजिक विकृति हटाउन सडक नाटक ‘जुनकिरी’प्रर्दशन

सामाजिक विकृति हटाउन सडक नाटक ‘जुनकिरी’प्रर्दशन

काभ्रे :बालविवाह रोकथाम सामाजिक विकृतिहरुलाई लक्षित गरी जिल्लाको खानीखोला गाउँपालिकाले ‘जुनकिरी’ नामक सडक नाटक प्रदर्शन गरेको छ।

गाउँपलिकाले १७ पुसदेखि समुदायिक ८ वटा विद्यालयहरुमा बालविवाहविरुद्ध जनचेतना जगाउने उद्देश्यसहित सडक नाटक प्रदर्शन गरिएको छ । बिहीबार ताल्ढुंगामा रहेको विद्यालयमा अन्तिम नटक देखाएर समापन भएको छ । 

खानिखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले नाटकमा २० वर्ष नपुगी विवाह गर्नु हुँदैन भन्ने मुल सन्देशसँगै समाजमा हुन सक्ने विभिन्न विकृतिबारे सचेतना दिन नटक प्रदर्शन गरिएको  बताए । 

अभिभावक कुलतमा लाग्दा बच्चामा पर्ने मानसिक असरसँगै छोराछोरीलाई विद्यालय पठाउने मात्रै नभइ उनीहरुको पढाइ के कस्तो भइरहेको छ भनेर हेर्ने महत्वपूर्ण जिम्मेवारीलाई समेत नाटकले देखाएको उनको भनाइ छ । 

ग्रमिण भेगमा रहेको बालवालिकाहरुले किन बिचमै पढाइ छाड्नु परेको,अभिभावकहरुको कारणले गर्दा बालवालिका शिक्षामा कति असर पुगेको छ भन्ने विषयमा समेत नटकले उठान गरिएको गाउँ लिका अध्यक्ष थिङले अन्नपर्णलाई जानकारी दिए । ‘अभिभावकले आफ्नो बालबच्चाको राम्रोसँग हेरचाह गर्नुपर्छ,२० वर्ष नपुगी विवाह गर्नु हुँदैन भन्ने नाटकको मुल सन्देश हो,'उनले भने,‘त्यस अतिरिक्त कुलतामा लाग्नु हुँदैन । 

विद्यालयमा पठाएर मात्रै बाच्चको शिक्षा राम्रो हुन्छ भन्ने नभइ अभिभावकले आफ्नो छोराछोरीको पढाई कस्तो भइरहेको छ भनेर अभिभावकको भूमिका निर्वाह गर्नु सक्नु पर्छ भनेर नाटकले देखाएको छ । 

अध्यक्ष थिङले विद्यार्थी तथा नागरिकलाई बालविवाह विरुद्धको जनचेतना जगाउनको लागि नेताको भाषण र विज्ञले दिने प्रशिक्षणभन्दा कलाको माध्यमबाट प्रभावकारी हुने भएकाले सडक नाटक देखाएको बताए । उनले समाजिक विकासका विभिन्न बाधकहरुमध्ये बालविवाह एक भएको औंल्याए । 

गाउँपालिका उपाध्यक्ष दोर्जमान जिम्बाले जग्गा,पैंसाभन्दा ठूलो सम्पत्ति छोराछोरी भएपनि उनीहरुको उज्यालो भविष्यका लागि अभिभावक जिम्मेवार हुन नसकेको बताए ।

उनले नाटकमा बालविवाहको कारण व्यक्ति र समाजमा पार्ने असरलाई देखाउँदै यसको न्यूनिकरणका उपाय समेत प्रस्तुत गरिएको बताए । त्यस्तै गाउँपालिकाको शिक्षा अधिकृत विष्णु अधिकारीले गाउँपालिकाभित्र बालविवाह बढ्न थालेपछि यसैलाई केन्द्रित गरेर ‘जुनकिरी’ नाम नाटक देखाएको र यसले बालविवाहमा कमी आउने विश्वास व्यक्त गरे । 

बालविवाहलाई मुख्य केन्द्रबिन्दुमा राखेर निर्माण गरिएको करिब ४५ मिनेटको नाटकमा बालविवाह गर्दा जेल पर्नेदेखि लिएर उमेर नपुगी विवाह गरी जन्मेका बच्चाको जन्मदर्ता आदिमा वेहार्नु पर्ने कानुनी समस्याका साथै घरझगडा बालबालिकामा पर्ने मानसिक असरलाई देखाउन खोजिएको छ । 

त्यस्तै ७ जना कलाकारले मिहीन तरिकाले प्रस्तुत रहेको उक्त नाटकमा शैक्षिक क्षेत्रका विसंगतिसँगै अभिभावकले छोराछोरीको पढाइप्रति वेवास्ता गर्दा र मोबाइलको दुरपयोगले उनीहरुको शिक्षामा पर्ने असरलाई देखाउँदै सुधारको सन्देश समेत दिएको छ भने जनप्रतिनिधिको भुमिका कस्तो हुनुपर्छ भनेर देखाएका छन् । 

नाटक हेर्न आएका स्थानीय माया तामाङले वास्ताविक घट्नामा मेल खाएको नाटक हेर्न पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, ‘बालविवाहको कारण मेरै आफन्तले नाटकमा देखाएको जस्तो समस्या भाग्नु परेको थियो । नाटक त मेरै बाहिनीको समस्यालाई हेरेर बनाएको जस्तो लाग्यो ।’

बालविवाह विरुद्ध जनचेतना जगाउने नाटक गाउँपालिकाभित्रका धार्ने माध्यमिक विद्यालय,बालविकास,शारदा, जनहित, बुद्ध, कुमारी, भृकुटी र जनविकास गरी  ८ वटा माविमा देखाइएको थियो । 

कलाकारहरुले बालविवाहसँगै मद्याक पदार्थ सेवनले मानिसको जीवन पार्ने असरलाई जीवन्त रुपमा प्रस्तुत गरेका थिए । विद्यार्थी तथा अभिभावकहरुले धेरै विषयवस्तुलाई समेटेर बनाएको नाटकले समाजको यथार्थ चिणत्र गरेको भन्दै खुसी व्यक्त गरेका छन् । 

पालिका भित्र विद्यालयमा देखाएको नटक बागमती प्रदेशको आर्थिक सहयोग तथा खानीखोला गाउँपालिकाको आयोजनामा सडक नाटक ‘जुनकिरी’मा सुशीलसिंह ठकुरी, दिवाकार घिमिरे, दीपमाला परियार,अनामिका लामिछाने, तेजवी थुलुङ राई, रविन दोङ र शान्ती भट्टाराईको जीवन्त अभिनय रहेको छ ।

 नाटक ‘जुनकिरी’को लेखन तथा निर्देशन पुरु लम्सालले गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.