डेढेलोले क्षति गरेको वन व्यवस्थित गरिँदै

डेढेलोले क्षति गरेको वन व्यवस्थित गरिँदै

नुवाकोट: रसुवाका विभिन्न स्थानमा डढेलोबाट क्षति भएको वनलाई व्यवस्थित बनाइएको छ।  वागमती प्रदेश सरकारले रसुवाको आमाछोदिङमो गाउँपालिका ३ स्थित डडेलो लागेको वन क्षेत्रलाई वृक्षारोपण गर्दै आयमूलक बनाउने भएको छ।

वागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले डडेलो लागि विनास भएको वन क्षेत्रलाई आयमुलक विरुवा रोपणसहित हराभरा बनाइएको छ। यसले स्थानीयको आयस्रोत बढ्ने अपेक्षा गरिएको छ।

यो कामका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरी स्थानीय सरकारले पनि प्रदेश सरकारको कार्यक्रममा साथ सहयोग भएकाले वन क्षेत्र समुदायका लागि आय आर्जनमुलक भइरहेको छ।

२०६५ सालमा गत्लाङमा डढेलो लागेर सयौ हेक्टर जंगल सखाप भएको र उक्त वनलाई पुर्नजीवित गर्दै व्यवस्थापन गर्न बागमती प्रदेश सरकार क्रियाशील भएको हो। मन्त्रालयले वन क्षेत्रमा रहेका उपयोग गर्न मिल्ने काठको व्यवस्थापन गर्न डिभिजन वन कार्यालय रसुवामार्फत सामुदायिक वन उपभोक्ता समेतले काम सुरु गरेको जनाइएको छ।
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.