वडाध्यक्ष पदबाट राजीनामा दिएर नेकपा बहुमतमा प्रवेश

वडाध्यक्ष पदबाट राजीनामा दिएर नेकपा बहुमतमा प्रवेश

महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले वडा अध्यक्ष पदबाट राजीनामा दिएका छन्।

    
शुक्रबार नगरपालिकाको १२औँ नगर अधिवेशनमा नगर प्रमुख रणबहादुर महरालाई उनले राजीनामा पत्र बुझाएका हुन्। 

महरा गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट दोस्रो पटक वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।
    
शुक्लफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले वडाध्यक्षले निर्वाचन आयोगमा राजीनामा बुझाउनुपर्ने भएपनि आफूलाई पत्र बुझाएको बताए। 

'मलाई पनि राजीनामा पत्र दिएका छन्, उनले भने 'यस विषयमा छलफल हुदैछ।' 

वडाध्यक्ष महराले सामाजिक सञ्जालमा महराले वडा अध्यक्षबाट राजीनामा दिएर नेकपा बहुमतमा प्रवेश गरेको उल्लेख गरेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.