विद्यालयको रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

विद्यालयको रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

सुर्खेत : कालीकोटको महावै गाउँपालिकास्थित देव माध्यमिक विद्यालयका प्रधानाध्यापक देउलासिंह ठकुरी पक्राउ परेका छन्। 

विद्यालयका लेखापालको दस्तखत किर्ते गरी विद्यालयको खाताबाट १७ लाख बढी रकम हिनामिना गरेको कसुरमा प्रधानाध्यापक ठकुरी पक्राउ परेका हुन्। 

बिहीबार जिल्ला प्रहरी कार्यालय कालीकोटमा विद्यालयको खाताबाट किर्ते गरी रकम हिनामिना गरेको भन्दै मुद्दा दर्ता भएपछि निज प्रधानाध्यापकलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी जयस्वर रिमालले जानकारी दिए।

यसबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.