अवैध क्रसर बन्द गर्न निर्देशन

अवैध क्रसर बन्द गर्न निर्देशन

सुर्खेत: जिल्लामा सञ्चालित अवैध क्रसर बन्द गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्देशन दिएको छ। 

प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै अवैध रुपमा चलाइएका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले हस्ताक्षर गरेको सूचनामा प्रचलित कानून र मापदण्ड विपरीत अनुमति नलिई, दर्ता नवीकरण नगरी चलाइएका ढुंगा, गिट्टी तथा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योग तत्काल बन्द गर्न भनिएको छ।

विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनमा सञ्चालन भएका, आयोजना सम्पन्न भएपछि पनि चलिरहेका क्रसर उद्योग बन्द गर्न प्रशासनले निर्देशन दिएको हो।

प्रचलित कानून बमोजिम सञ्चालनमा रहेका क्रसर उद्योगले पनि प्रक्रिया पूरा गरेको कागजात पेश गर्न प्रशासनले आग्रह गरेको छ। कानूनी मापदण्ड पूरा नगरी र प्रशासनसँग समन्वय नगरी चलाइएका उद्योगलाई कानूनी कारबाही गरिने प्रशासनले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.