दाजुको भौतिक आक्रमणमा परेको पूर्वराजकुमार ह्यारीको खुलासा

दाजुको भौतिक आक्रमणमा परेको पूर्वराजकुमार ह्यारीको खुलासा

लण्डन :  राजपरिवारको सदस्यता अर्थात् शाही पदवी त्यागेका बेलाइतका पूर्वराजकुमाार ह्यारीले आफ्ना दाजु विलियमले आफूमाथि भौतिक आक्रमण गरेको खुलासा गरेका छन्। आफ्नो संस्मरणात्मक पुस्तकमा ह्यारीले दाज्यूबाट आक्रमण भएको खुलासा गरेका हुन्। 

मेघन मार्केलसँगको विवाह र उनी बिरामी परेका बेलामा उनको उपचारबारे छलफल हुँदा आफूमाथि दाजु विलियमले भौतिक आक्रमण गरेका ह्यारीले संस्मरणमा उल्लेख गरेका छन्। बेलाइतका सञ्चारमाध्यममा आफू र आफ्नी श्रीमतीका सम्बन्धमा सार्वजनिक भएका समाचार पनि दाजुभाइबीच बहसको विषय बनेको ह्यारीको यो खुलासाले बेलाइतको राजपरिवारका सदस्यबीचको वैमनस्य नटुङ्गिएको सङ्केत गर्छ । यद्यपि आफ्नी हजुरआमा एलिजाबेथ द्वितीयको निधनका बेला राजकुमार विलियम र ह्यारी सँगै देखिएका थिए। 

‘स्पेयर’ शीर्षकको संस्मरणमा ह्यारीले विश्वलाई चकित पार्ने  धेरै आरोप लगाएका छन्। लागूपदार्थ सेवन, पहिलो यौन मुठभेड, अफगानिस्तानमा सैन्य सेवा, मान्छे मार्ने सेनाको भूमिकालगायत विषय समेटिएका छन् । केन्सिङटन राजप्रासादको मैदानमा रहेको नटिङ्घम निवासमा आफूहरूबीच सन् २०१९ मा झगडा भएको र आफ्नी पत्नीलाई ‘अशिष्ट, कठोर र कुपित’ भनेपछि विवाद बढेको बताउँदै उनले आफ्नो ‘कलर’ समातेर दाज्यूले प्रहार गरेको उल्लेख गरेका छन्। 

राजपरिवारको उत्तराधिकारीका रूपमा दाजुले आफूमाथि व्यवहार गरेको आरोप पनि ह्यारीले लगाए।  दाज्यूको आक्रमणबाट आफू कुकुरको कचौरामा बजारिएको,  फुटेको कचौराले आफूलाई काटेको संस्मरणमा ह्यारीले लेखेका द्छन्। आफू घाइेत भएपछि दाजुले क्षमा याचना गरेका पनि उनले लेखेका छन्। 

विश्वका १६ भाषामा प्रकाशन हुनुअघि पुस्तकको स्पेनी भाषाको प्रतिलिपि खरिद गरेको जनाउँदै एशोशिएटेड प्रेसले प्रस्तुत पुस्तकका आरोप राजपरिवारका निम्तिमात्र नभई घनिष्ट मित्रहरूका लागि पीडादायी हुन सक्ने जनाएको छ। पुस्तकमा ह्यारी र शाही परिवारका अन्य सदस्यको जीवन बारेका विवरण उजागर गरेको छ ।

सन् २०१२ मा अफगानिस्तानमा तालिबानविरुद्ध बेलायतको सैन्य अभियानमा आफूले अपाचे हेलिकप्टरको सहचालकका साथै एक फौजीका रूपमा काम गर्दा २५ जनालाई मारेको प्रसङ्ग पनि संस्मरणमा समावेश छ ।  रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.