धारामा लडेर महिलाको मृत्यु
भक्तपुर : घर बाहिरको बराण्डामा रहेको धारामा लडेर शनिबार भक्तपुरमा एक जना महिलाको मृत्यु भएको छ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे निलबाराहीमा डेरामा बस्ने ललितपुर गोदावरी नगरपालिका-१४ बाँडेगाँउकी ३६ वर्षीय सिर्जना महर्जनको मृत्यु भएको हो।
घर बाहिरको बराण्डामा रहेको धारामा लडेर घाइते भएपछि अस्पताल पुर्याइएकी उनको दिउँसो मृत्यु भएको हो।
लडेपछि उनको छोरा सुलभले घर धनी र छिमेकीलाई बोलाएका थिए। उनलाई उद्धार गरी कोरियन अस्पताल ठिमी लगिएको थियो।
घटनाका सम्बन्धमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट आवश्यक अनुसन्धान कार्य भइरहेको परिसरमा सूचना अधिकृत राजु पाण्डेले जानकारी गराए।