अवैद्य क्रसर बन्द गर्न बागलुङ प्रशासनको निर्देशन

अवैद्य क्रसर बन्द गर्न बागलुङ प्रशासनको निर्देशन

बागलुङ : अवैद्य क्रसर उद्योगहरू तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालय बागलुङले निर्देशन दिएको छ। 

प्रशासनले प्रचलित कानुन र मापदण्ड विपरीत दर्ता नगरी तथा नवीकरण लगायत सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरू शुक्रबारदेखि नै बन्द गर्न निर्देशन दिएको हो। 

प्रचलित कानुन र मापदण्डबमोजिम सञ्चालनमा रहेका क्रसर उद्योगहरूले सोसँग सम्बन्धीत कागजातहरू जिल्ला प्रशासन कार्यालयमा तत्काल पेश गर्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताए। 

उनले विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर हाल उक्त प्रयोजन र आयोजना समाप्तिपश्चात पनि सञ्चालनमै रहेका क्रसर उद्योगहरू तत्काल बन्द गर्न गराउन सम्बन्धित सञ्चालकहरूलाई जानकारी गराएको बताए। 

गृह मन्त्रालयले बुधबार जिल्ला प्रशासन कार्यालयलाई कानुनविपरीत सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.