कोभिड हल्लाले चीन यात्रामा जर्मनीको कडाइ

कोभिड हल्लाले चीन यात्रामा जर्मनीको कडाइ

बर्लिन (एएफपी) : जर्मनीले शनिबार विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश चीनमा अत्यावश्यकबाहेक यात्रालाई निरुत्साहित गरेको छ। ‘हामी अहिले चीनमा गैरआवश्यक यात्राहरू निरुत्साहित गर्दछौं। यसको कारण कोभिड संक्रमणको चरम उत्कर्ष र अस्तव्यस्त स्वास्थ्य प्रणाली हो’, जर्मनीको विदेश मन्त्रालयले ट्विटरमा भनेको छ।   

कोभिडको संक्रमणदर बढेको हल्लासँगै एक दर्जनभन्दा बढी देशले चीनबाट आउने यात्रुमाथि नयाँ यात्रा नियम लागू गरेका छन्। युरोपेली संघका विज्ञहरूले यसै हप्ता समूहका २७ सदस्य राष्ट्रहरूलाई चीनबाट आउने उडानमा रहेका व्यक्तिहरूबाट कोभिड परीक्षणको माग गर्न र आगमनमा छड्के परीक्षण गर्न सुझाब दिएका छन्।

जर्मनी, फ्रान्स, इटाली, स्पेनलगायत युरोपेली संघका अन्य धेरै राष्ट्रले एसियाली मुलुकबाट आउने यात्रुको कोभिड परीक्षण अनिवार्य गर्ने घोषणा गरिसकेका छन्। गैरयुरोपेली देशहरूमध्ये संयुक्त राज्य अमेरिका र जापानले पनि यस्तै उपायहरू अवलम्बन गरेका छन्।   

चिनियाँ अधिकारीहरूले हालैका दिनहरूमा बेइजिङ र तियानजिनलगायत सहरहरूमा संक्रमणको पहिलो लहर चरम बिन्दुमा पुगेको बताएका छन्। तर, जाडोयाम र चिनियाँ नयाँ वर्षको सुरुमा सहरका कामदारहरू गृहनगर फर्कने क्रममा अत्यधिक प्रकोपको चेतावनी चिनियाँ अधिकारीहरूले दिएका छन्।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.