अमेरिकामा छ वर्षीय बालकले शिक्षिकालाई गोली हाने

अमेरिकामा छ वर्षीय बालकले शिक्षिकालाई गोली हाने

वासिङटन डिसी : अमेरिकाको भर्जिनियामा राज्यमा एक छ वर्षीय बालकले आफ्नी शिक्षिकालाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा पहिलो कक्षाका बालकले शिक्षकलाई गोली हानेर गम्भीर घाइते बनाएका स्थानीय प्रहरीले जनाएको छ ।

न्युपोर्ट न्युज सहरका प्रहरीका अनुसार रिचनेक इलिमेन्टरी स्कूलकी ३० वर्षकी शिक्षिका गोली लागेर मरणासन्न भएकी छन् । उनको ज्यान जोखिममा रहेको बताइएको छ । 

स्थानीय समयअनुसार शुक्रबार दिउँसो करिब २ बजे गोली हानेका थिए। बालकलाई शुक्रबारदेखि प्रहरी विभागका प्रमुख स्टिभ ड्र्युले पत्रकार सम्मेलनमा बताए।

घाइते शिक्षिकालाई स्थानीय अस्पतालमा लगिएको र  उनको अवस्था सुधारोन्मुख छ। पहिलो कक्षाका विद्यार्थीले कसरी बन्दुक ल्याए भन्ने कुरा तत्काल स्पष्ट हुन सकेको छैन ।  त्यति सानो शिशुले कक्षाकोठामा बन्दुक कहाँबाट ल्याएयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।  

द न्युयोर्क टाइम्स


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.