एयर इन्डियाको विमानमा वृद्धामाथि पिसाब गरेको आरोपमा एक भारतीय पक्राउ

एयर इन्डियाको विमानमा वृद्धामाथि पिसाब गरेको आरोपमा एक भारतीय पक्राउ

नयाँ दिल्ली : एयर इन्डियाको विमानमा सहयात्रीमाथि पिसाब गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरी प्रवक्ताले शनिबार जानकारी दिएका छन् ।

गत नोभेम्बर २६ मा न्युयोर्कबाट नयाँ दिल्ली जाने क्रममा रक्सीको नशामा डुबेका मिश्रले आफ्नो पाइन्ट खोलेर बिजनेस क्लासमा बसेकी ७२ वर्षीया महिलामाथि पिसाब गरेको आरोप लागेको थियो ।

गत नोभेम्बरमा भएको घटनाबारे एक वृद्धाले एयरलाइन्सको व्यवस्थापनलाई जानकारी गराएपछि बैंकको भारतीय कारोबार सेवाका पूर्व उपाध्यक्ष शंकर मिश्र प्रशासनबाट फरार थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार मिश्रले आफ्नो फोन स्विच अफ गरेका थिए तर सामाजिक सञ्जालमा आफ्ना साथीहरूसँग सम्पर्कमा थिए। उनले भारतको बेङ्ग्लोरमा क्रेडिट कार्डबाट रकम लेनदेन पनि गरेका थिए । यिनै प्रमाणका आधारमा उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

उनलाई राजधानी नयाँ दिल्ली ल्याई आरोपहरूको अनुसन्धान गरिने प्रहरीले जनाएको छ । दिल्लीका एक प्रहरी प्रवक्ताले मिश्रलाई पक्राउ गरिएको पुष्टि गर्दै एएफपीसँग अन्य विवरण प्रहरी अनुसन्धानपछि प्राप्त हुने बताए।

आरोपित अमेरिकी बैंकिङ कम्पनी वेल्स फार्गोमा कार्यरत थिए। वेल्स फार्गोले आफ्ना कर्मचारीलाई शुक्रबार नै बर्खास्त गरिएको बताएको छ । 

एयरलाइनले यस घटनालाई उचित तरिकाले सम्बोधन गर्न असफल भएको र उडानको समयमा मदीरा सेवा उपलब्ध गराउने आफ्नो नीतिको पुनरावलोकन गरिरहेको बताएको छ ।

एयर इन्डियाका प्रमुख कार्यकारी क्याम्पबेल विल्सनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'एयर इन्डियाले यी मामिलालाई विमान र अवतरणपछि (दुवै अवस्थामा) अझ राम्रो तरिकाले सम्हाल्न सक्थ्यो र कारबाही गर्न प्रतिबद्ध रहेको स्वीकार गरेको छ ।'
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.