बागलुङमा थपिए १० झोलुंगे पुल

बागलुङमा थपिए १० झोलुंगे पुल

बागलुङ : झोलुंगे पुलको परिचय बनाएको बागलुङमा गत आर्थिक वर्षमा थप १० वटा झोलुंगे पुल थपिएका छन्। बागलुङमा जिल्लाभर आर्थिक वर्ष २०७८-०७९ मा एक नगरपालिका र दुई गाउँपालिकामा १० वटा झोलुंगे पुल निर्माण भएका हुन्। 

जिल्लाको ढोरपाटन नगरपालिकामा तीन वटा, बरेङ गाउँपालिकामा दुई वटा र ताराखोला गाउँपालिकामा पाँच वटा पुल निर्माण भएको वीवाइसी बागलुङका झोलुंगे पुल कार्यक्रमका संयोजक प्रेम केसीले जानकारी दिए।

केसीले गत वर्ष निर्माण सम्पन्न गर्नेगरी जिल्लाभरि ३३ झोलुंगे पुलको सर्वे भए पनि १० वटा पुलको मात्रै निर्माण सम्पन्न भएको बताए।

ढोरपाटन नगरपालिका–२ सिमलचौरघाट, ढोरपाटन नगरपालिका–७ का पँधेरीघाट र ढोरपाटन नगरपालिका–९ को रासीबाङ्ग घाट, बरेङ गाउँपालिका–२ को काउलाघाट, बरेङ गाउँपालिका–१ को दोभानखोलाघाट, ताराखोला गाँउपालिका–२ को दोभानघाट, ताराखोला–३ को निस्दीखोलाघाट, ताराखोला–३ को सादीघाट, ताराखोला–४ को दोगाडीघाट र ताराखोला–५ को मैन पकाउने घाट खोलामा पुल निर्माण गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झोलुंगे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत स्थानीय तहले पुलको योजना छनोट र कार्यान्वयन गर्छन्। संघीय सरकारले पुल निर्माणका लागि सशर्त बजेट उपलब्ध गराउँदै आएको छ। कूल बजेटमध्ये पुल क्षेत्रगत कार्यक्रमको ८५ प्रतिशत, स्थानीय तहको १३ प्रतिशत लगानी र दुई प्रतिशत जन श्रमदान गरी झोलुंगे पुल निर्माण भइरहेको केसीले जानकारी दिए। नेपाल सरकार र स्वीस सरकारबीचको सम्झौता अनुसार पुल निर्माण गर्न बागलुङमा झोलुंगे पुल सहयोग एकाई (टिविएसयु) र पिटिएपि पोखराले प्राविधिक सहयोग गर्दै आएको छ। टीवीएसयुले पुलको लठ्ठा, फलामे सामग्रीको व्यवस्थापन र वितरणमा स्थानीय तहसँग समन्वय गरेर काम गर्ने गरेको छ। कार्यक्रम संयोजक केसीका अनुसार एक सय २० मिटरसम्मका पुल उपभोक्ता समिति र त्यसभन्दा लामो पुल निर्माण व्यवसायीमार्फत बनाउने गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.