चीनले कोभिड नियन्त्रणका लागि खोप र व्यक्तिगत स्वास्थ्य सुरक्षामा जोड दिने

चीनले कोभिड नियन्त्रणका लागि खोप र व्यक्तिगत स्वास्थ्य सुरक्षामा जोड दिने

बेइजिङ : चीनले पछिल्लो समयमा त्यहाँ विस्तारित भएको कोभिड १९ को सङ्क्रमणको नियन्त्रणका लागि कोरोना विरुद्धको खोपको बुस्टर मात्रा लागाउनुपर्नेमा जोड दिएको छ । चीनले हालै सार्वजनिक गरेको कोरोना नियन्त्रण सम्बन्धी प्रोटोकलमा सो कुरामा जोड दिइएको चिनियाँ राजधानी बेइजिङबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

सो समाचारअनुसार चीन सरकारले हाल त्यहाँ विस्तारित भएको सङ्क्रमणको नियन्त्रण गर्न बुस्टरकै दोस्रो मात्रा लागाउनुपर्ने तथा हरेक व्यक्तिले व्यक्तिगत सुरक्षा अपनाउनुपर्ने जनाइएको हो ।

सो प्रोटोकलअनुसार यहाँको कोभिड नियन्त्रण सम्बन्धी निकायले बढी उमेरका नागरिकलाई यस कार्यका लागि बढी जोड दिएको छ । सो उमेरका नागरिकलाई खोपको बुस्टर मात्रा दिनुपर्ने र पहिलो बुस्टर मात्रा लगाएकाहरुलाई पनि दोस्रो मात्रा दिइनुपर्ने सो विभागले जनाएको छ ।

यसका साथै हरेक व्यक्तिले आफ्नो सुरक्षातर्फ आफैं सतर्क र सजग हुनुपर्नेमा पनि जोड दिइएको सो समाचारमा जनाइएको छ । सो प्रोटोकलअनुसार यहाँका स्वास्थ्य अधिकारीहरुले अब कोरोना विरुद्धको खोप नलगाएका मानिसहरुको खोजी गरी सो खोप लगाउने र यदि पहिलो मात्राको बुस्टर खोप लगाएका व्यक्ति छन् भने उनीहरुलाई  छ महिनापछि अर्को मात्रा लगाइने जनाएका हुन् ।

त्यसैगरी व्यक्तिगत रुपमा यो महामारीको नियन्त्रणका लागि व्यक्तिले पनि पहल गर्नुपर्ने र यसका लागि उनीहरुले अनिवार्य मात्रामा मास्क लगाउनुपर्ने तथा हात धुने या सरसफाई रहनुपर्नेमा पनि जोड दिइएको छ ।

पछिल्ला केही दिनयता चीनमा व्यापक मात्रामा कोरोनाका सङ्क्रमित बढिरहेका बताइएको छ । त्यसपछि चीन सरकारले यो नयाँ स्वास्थ्य प्रोटोकल जारी गरेको जनाएको छ ।  रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.