भारतको कानपुरमा हृदयघातबाट एकैदिन १४ जनाको मृत्यु,एक हप्तामा ९८ जनाले गुमाए ज्यान

भारतको कानपुरमा हृदयघातबाट एकैदिन १४ जनाको मृत्यु,एक हप्तामा ९८ जनाले गुमाए ज्यान

नयाँ दिल्ली : भारतको उत्तर प्रदेशमा रहेको कानपुरमा २४ घन्टाको अवधिमा हृदयघातबाट १४ जनाको मृत्यु भएको छ। अत्यधिक चिसो बढेसँगै हृदयघातबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ।

पछिल्लो ३/४ दिनमा हृदयघात र मस्तिष्कघातबाट ९८ जनाको मृत्यु भएको एलपीएस हृदय रोग प्रतिष्ठानले जनाएको छ।

एलपीएस हृदय रोग प्रतिष्ठानका अनुसार शनिबार अत्यधिक चिसोका कारण १४ जनाको हृदयघातबाट मृत्यु भएको  हो।

जसमध्ये प्रतिष्ठानमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको हो भने ८ जना  मृत्यु भइसकेको अवस्थामा अस्पताल पुर्‍याइएको थियो।

शनिबार हृदयघातबाट पीडित ५४ जनालाई कार्डियोलोजी इमरजेन्सी वार्डमा भर्ना गरिएको थियो।

यहाँ ६०४ जना मुटु रोगीको उपचार भइरहेको छ। जसमा ५४ जना नयाँ र २७ पुराना बिरामी हुन्।

चिसोमा एक्कासी ब्लड प्रेसर बढ्ने र नसामा रगत जम्मा भएर हृदयघात र ब्रेन अट्याक हुने चिकित्सकले बताएका छन्। शीत लहरमा बिरामीलाई चिसोबाट बचाउन चिकित्सकले आग्रह गरेका छन्।
 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.