फिल्म रोमियो जुलिएट :१६ वर्षको उमेरमा 'नग्न दृश्य' ७० पुगेपछि मुद्दा दायर
एजेन्सी : सन् १९६८ मा निर्मित फिल्म 'रोमियो एन्ड जुलिएट'मा काम गर्ने कलाकारहरुले नग्न दृष्य खिचेको आरोपमा पारामाउन्ट पिक्चर्सविरुद्ध मुद्दा दर्ता गराएका छन्। यो मुद्दा अमेरिकामा दायर भएको हो।
फिल्म सुटिङका क्रममा नग्न दृष्य खिच्ने बहानामा कलाकारहरुले यौन दुर्व्यवहार र यौन उत्पीडन भोग्नुपरेको आरोप लगाएका छन्। पारामाउन्ट फिल्मको यो फिल्मको निर्देशन जेफ्रेलिले गरेका थिए।
फिल्मका कलाकार लियोनार्ड ह्वाइटिङ र ओलिभिया हसीले फिल्ममा काम गर्दा १६ र १५ वर्षका थिए। हाल यिनीहरु ७० वर्षका भएका छन्। फिल्मको छायांकनका क्रममा निर्देशक फ्रान्को जेफ्रेलिले नग्न दृष्य गर्न भनेका थिए। निर्देशक जेफ्रेलिको सन् २०१९मा मृत्यु भइसकेको छ।
जबकि उनले त्यसअघि नग्न दृश्य नखिच्ने वाचा गरेका थिए। अहिले दुवैजनाले ५० करोड डलरको क्षतिपूर्ति माग गरेका छन्।
'फिल्का कारण दुवै कलाकार निकै भावनात्मक समस्यामा परेका थिए। उनहरुले दशकौंसम्म मानसिक समस्यासँग संघर्ष गरे। फिल्मको प्रिमियमपछि उनले धेरै कम काम पाए,'दायर गरेको मुद्दाा भनिएको छ।
तर, प्यारामाउन्टले यस मुद्दामा आफ्नो तर्फबाट अहिलेसम्म कुनैपनि प्रतिक्रिया दिएको छैन। लियोनार्द ह्वाइटनिङ र ओलिविया हसीका म्यानेजरले प्यारामाउन्ट पिक्चर्स स्टुडियोले दुवैजनालाई धोका दिएको आरोप लगाएका छन्।
त्यो बेला यो फिल्म निकै हिट भएको थियो। शेक्सपियरका कामहरु देखाउन यो फिल्म निर्माण गरिएको थियो। फिल्मले उत्कृष्ट छायांकन र उत्कृष्ट पोशाक डिजाइनका लागि दुई ओस्कार अर्वाड पाएको थियो।