बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल को हुन्?

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल को हुन्?

हेटौडा :बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन् ।

उनी नेकपा एमालेका ३७,नेकपा माओवादी केन्द्रको २१,राप्रपाको १३,नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पाटीका २ जना प्रदेशसभा सदस्य गरी ७० प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । 

सत्ता साझेदार दलको भागवण्डा अनुसार आलोपालो हुने बागमती प्रदेशमा माओवादी केन्द्रले पहिलो चरणको नेतृत्व पाएको हो । १ सय १० सिट रहेको बागमती प्रदेशमा सरकार बनाउन ५६ सिट आवश्यक रहन्छ ।

यस अघि दुईपटक प्रदेश सरकारको मन्त्री भएका जम्कट्टेल धादिङ १ (ख) बाट निर्वाचित भएका हुन् । उनी यस अघिको कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए । 

को हुन् जम्कट्टेल ?

२०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका जम्कट्टेल हाल माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज  हुन् । बीए,बीएलसम्मको अध्ययन गरेका जम्कट्टेलले २०४४ सालमा अखिल छैटौंमा आवद्ध भएर विद्यार्थी राजनीति सुरु गरेका थिए ।
२०४८ औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष सम्म बने । माओवादी जनयुद्ध सुरु भएपछि उनी त्यसमा निरन्तर क्रियाशील रहे ।

२०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष बनेका जमकट्टेल २०६३ सालमा अन्तरिम बिधायक र २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई पराजित गरेका थिए ।

 यद्यपि त्यसको पैचो पाण्डेले २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा लिएका थिए । २०७४ मा भने जम्कट्टेलले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रभात किरण सुवेदीलाई पराजित गरे ।

उक्त निर्वाचनमा जमकट्टेले २३ हजार ३८२ मत ल्याई प्रदेश सांसदमा विजयी हुँदा उनको प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रभात किरण सुवेदीले १० हजार ४०७ मत ल्याएका थिए । यो निर्वाचनमा जमकट्टेल सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा फेरी धादिङ १ को प्रदेश २ बाट विजयी भए। उनका एक छोरी र श्रीमती छन् ।

जम्कट्टेलले  फ्रान्स,ज्विजरल्यान्ड, पेरु, चाइना, जापान, कोरिया, थाइल्यान्ड, फिलिपिन्स, सिंगापुर, श्रीलंका, इन्डोनेसिया र इन्डियाको भ्रमण गरेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.