राष्ट्रपति कप रनिङ शिल्डका लागि खेलाडी छनोट सुरु
भक्तपुर : भक्तपुरमा हुने राष्ट्रपति कप रनिङ शिल्ड खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट सुरु भएको छ।
भक्तपुर नगरपालिकाको आयोजनामा हुने प्रतियोगिताको नगर प्रमुख सुनिल प्रजापतिले तेक्वान्दोका रेफ्री बलराम न्हिसुतुलाई खेल सामाग्री हस्तान्तरण गर्दै उद्घाटन गरे। प्रतियोगिता पुस २५ गतेबाट हुने छ।
यसका लागि भलिबल, कबड्डी, उसु, तेक्वान्दो, एथ्लेटिक्स र कराँते गरी छवटा खेलका लागि खेलाडी छनोट हुने बताए।
साथै प्रजापतिले नगरपालिकाले पुस ५ देखि ९ गतेसम्म सम्पन्न गरेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका निर्णायकहरुलाई प्रशंसापत्र वितरण गरे।
प्रजापतिले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका निर्णायक र रेफ्रीहरुलाई प्रशंसापत्र वितरण वितरण गरे।
प्रतिक्रिया दिनुहोस !
१