पाकिस्तानलाई बाढीको असरबाट उकास्न मद्दत गर्न विश्वलाई आग्रह

पाकिस्तानलाई बाढीको असरबाट उकास्न मद्दत गर्न विश्वलाई आग्रह

स्लामावाद : पाकिस्तानलाई गत वर्षको विनाशकारी बाढीबाट उकास्न र जलवायु परिवर्तनको राम्रो प्रतिरोध गर्न ‘ठूलो लगानी’ गर्न संयुक्त राष्ट्रसङ्घका प्रमुखले आह्वान गरेका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जेनेभामा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा भने, 'पाकिस्तानलाई बर्षा र बाढीका कारण जे भयो त्यो कुनै पनि देशका लागि सहज हुन सक्दैन ।'

गुटेर्रेसले एक दिवसीय कार्यक्रमको उद्घाटन गर्दै पाकिस्तानलाई बाढीबाट उकास्न मद्दत गर्न विश्वलाई आग्रह गरेका हुन्। सन् २०२२ को बाढीले पाकिस्तानमाको एक तिहाई भाग डुबायो, एक हजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु भयो र तीन करोड ३० लाखभन्दा बढी व्यक्तिलाई प्रभावित गराएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सम्मेलनमा आफ्नो देश ठूलो आवश्यकता पूरा गर्न ‘समयसँग सङ्घर्ष गरिरहेको’ बताएका छन्। 'यो हाम्रो देशको इतिहासको नै सबैभन्दा ठूलो जलवायु विपत्ति हो,' पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीले भने। 

पाकिस्तानलाई आगामी तीन वर्षमा १६ अर्ब ३० करोड अमेरिकी डलर आवश्यक पर्नेछ । पाकिस्तान सरकारले आफ्नो देशले आधा खर्च बेहोर्न सक्ने बताउँदै बाँकी खर्चका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिरहेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.