एकल महिलाका लागि ‘उपमेयर मेरो साथी’ कार्यक्रम सञ्चालन

एकल महिलाका लागि ‘उपमेयर मेरो साथी’ कार्यक्रम सञ्चालन

दिपायल : दिपायल, डोटीमा एकल महिलाका लागि ‘उपमेयर मेरो साथी’ कार्यक्रम सञ्चालन भएको छ। जिल्लाको शिखर नगरपालिकाले नगरपालिकाभित्र रहेका एकल महिलालाई महिना दिन खान पुग्ने गरी सो कार्यक्रम मार्फत खाद्यान्न वितरण गरिएको छ।

सोमबार नगरभित्रका ९० एकल महिलालाई चामल, दाल, चिनीलगायतका खाद्यान्न उपलब्ध गराएको नगरपालिकाले जनाएको छ।

कमजोर आर्थिक अवस्था र समाजमा बेसहारा भएका महिलालाई आत्मबल बढाउन तथा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरेको नगरउपप्रमुख सुनिता रावलले बताए। नगरपालिकाभित्रका हरेक समस्यालाई नगरपालिकाले प्रथमिकताका आधारमा कार्यान्वयन गर्ने उनले जानकारी दिए। 

राहत सामग्री सानो भए पनि एकल महिलालाई सम्झेकामा शिखर नगरपालिका धन्यवादको पात्र रहेको सरस्वती बलायरले बताए। आयस्रोत नभएकाले अरुको जमिन खनजोत, गोडमेल गरेर पेट पाल्दै आएको दुःखेसो गर्दै उनले खाद्यान्न सहयोगले राहत पुगेको प्रतिक्रिया दिए। 

आयस्रोत नभएकाले एकल महिलाका लागि उपमेयर मेरो साथी कार्यक्रम धेरै प्रभावकारी भएको सहभागीले बताएका छन्। नगरभित्रका टुहुरा बालबालिका, एकल महिला, ज्येष्ठ नागरिक, अतिविपन्न परिवारलाई नगरपालिकाले विभिन्न कार्यक्रममार्फत सहयोग गरिरहेको नगरप्रमुख दीर्घबहादुर बलायरले बताए। नगरभित्र विकास निमार्णका लागि गुरुयोजना बनाई शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, बिजुली, सडकलगायतका योजनामा बढीभन्दा बढी कार्यान्वयन ल्याउनका लागि आवश्यक बजेट विनोयोजित गरी जनताका हरेक दुःखसुखमा नगरपालिका लागिपरेको उनको भनाइ थियो । 

जनताका समस्या समाधान गर्नका लागि नगर सरकार लागिपरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत परमानन्द शर्माले बताए। नगरका नागरिकको समस्या समाधानसँगै आवश्यकताका आधारमा योजना बनाई नगरपालिका लागिपरेको शर्माले बताए। टुहुरा बालबालिका, अपाङ्गता, एकल महिला, अनाथ, विपन्नका लागि नगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम सञ्चालन गरी सम्मान गरिरहेको जनाइएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.