शीत भण्डारणमै सुन्तला कुहिन थाले

शीत भण्डारणमै सुन्तला कुहिन थाले

स्याङ्जा : पुतलीबजार नगरपालिका ११ जैसीडाँडा स्थित शित भण्डारमा राखिएका सुन्तला कुहिन थालेका छन्। सुन्तला राखेको डेढ महिना पनि नपुग्दै सुन्तला बिग्रन थालेपछि किसानमा चिन्ता थपिएको छ। बेमौसममा राम्रो पैसा लिन सकिने जनाउदै यहाँका किसानले सुन्तला शीत भण्डारण गरेका हुन्। 

यस वर्ष मंसिर १४ गते पहिलो पटक राखिएका सुन्तला मध्ये एक प्रतिशत सुन्तला बिग्रीएको कृषि ज्ञान केन्द्रका प्रमुख बिनोद हमालले जानकारी दिए।

विगतका वर्षमा भन्दा झण्डै तेब्बर मात्रामा सुन्तला फलेका र भण्डारण गर्ने समेत ब्यवस्था भएकाले यहाँका किसानले १ सय ६० मेट्रिक टन सुन्तला भण्डारण गरेका थिए। 

तीमध्ये एक क्विन्टल सुन्तला बिग्रेको देखिएको  उनले जनाए। बिग्रेका ती सुन्तलालाई छुट्टाएर फाल्ने काम भैरहेको उनले जनाए। 
शीत भण्डारण गर्नु भन्दा पहिला यहाँका सुन्तला किसानलाई सुन्तला टिप्ने, ग्रेडिङ गर्ने, क्रेटमा मिलाएर भर्ने र आवश्यकता अनुरुप सफा लगायतका विविध कार्य गर्न सुझाएको प्रमुख हमाल बताउँछन्।  

सुन्तला बिग्रन थालेपछि सुन्तला बाली अनुसन्धान केन्द्र (नार्क) धनकुटाका विशेषज्ञ डा. उमेश आचार्यसहितको प्राविधिक टोली स्थलगत अनुसन्धान सुरु गरेको छ।

गतवर्ष पनि २० टन सुन्तला भण्डारण गरिएकोमा आधाजसो कुहिएका थिए। फल टिप्दा, भण्डारण गृहसम्म ल्याउँदा र भण्डारणमा राख्दा विशेष सुरक्षासहित ध्यान दिन पर्नेमा सो नपुगेका कारण फल बिग्रन थालेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताइएको छ। 

स्याङ्जामा यस वर्ष झण्डै सवा अरब मूल्य बराबरको सुन्तला उत्पादन भएको छ। गत वर्षको तुलनामा यस वर्ष ३० देखि ४० प्रतिशत भन्दा बढी उत्पादन भएको अनुमान छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.