भक्तपुरमा बैकिंग कसुरका मुद्दा सबैभन्दा धेरै

भक्तपुरमा बैकिंग कसुरका मुद्दा सबैभन्दा धेरै

भक्तपुर: भक्तपुर प्रहरीमा सबैभनदा बढी मुद्दा बैंकिग कसुरमा देखिएको छ। भक्तपुर प्रहरी परिसरले राखेको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७९/८० पुससम्म सबैभन्दा बढी बैकिंग कसुरमा १८४ मुद्दा दर्ता भएका छन्।
 
भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले चालू आर्थिक वर्षको हालसम्म ४६८ वटा मुद्धा दर्ता भएका छन् । ती मुद्धा दर्तामा दुई सय ७८ जना पक्राउ गरेको जनाइयो । साथै दुई सय १८ जना फरार रहेको तथ्यांक छ । 

पछिल्लो समय बैंकिग कारोबार बढेसँगै बैंकिग कारोबार मुद्दा दर्ता हुने क्रम बढेको एसपी केसीको विश्लेषण छ। यसलाई न्युनीकरण गर्ने प्रयास भइरहेको उनले बताए।

बैंकिग कसुरपछि दोस्रो बढी मुद्दा चोरीको छ। चोरीका ५१ मुद्दा दर्ता भएका छन्। त्यसपछि भवितव्य ज्यानका ३३, अभद्र व्यवहारका ३१, जवरजस्ती करणीका २८ मुद्दा दर्ता भएको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.