आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

झापा : झापाको कचनकवलमा आगो ताप्ने क्रममा एक वृद्धाको जलेर मृत्यु भएको छ। 

मृत्यु हुनेमा कचनकवल गाउँपालिका-१ स्थित कुटी निवासी ७० वर्षीया वृद्धा हेम प्रभा माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

प्रहरीका अनुसार आइतबार बिहान साढे १० बजे अत्यधिक चिसोका कारण वृद्धा माझी घर बाहिर पराल बालेर आगो ताप्दै थिए। सोही क्रममा अचानक उनको शरीरमा आगो लागेको थियो। 

आगो लागेर उनको शरीरको विभिन्न भाग जलेर गम्भीर घाइते भई तत्काल उपचारका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो। 

उनको सोही अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो १ बजे मृत्यु भएको डीएसपी पाठकले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.