भक्तपुरको चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै सात करोड

भक्तपुरको चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै सात करोड

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाको बेरुजु रकम झण्डै सात करोड पुगेको छ। 

नगरपालिकाको मंगलबारदेखि सुरु भएको नगरसभाको १२ अधिवेशनमा हालसम्म ६ करोड ८६ लाख ४२ हजार आठ सय ७३ रुपैयाँको बेरुजु भएको जानकारी गराइएको हो। 

यो बेरुजु आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७७/०७८ सम्मको भएको जनाइएको छ। ३३ वटा शीर्षकहरूमा ती बेरुजु भएको सार्वजनिक बेरुजु प्रतिवेदनमा उल्लेख छ। 

तीमध्ये सबैभन्दा बढी बेरुजु आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्तामार्फत गरिएको कार्य सवकन्टयाक्टरमार्फत गरिएकोमा रहेको छ। त्यसमा एक करोड २८ लाख ८९ हजार आठ सय ६४ रुपैयाँको बेरुजु भएको जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.